आइतवार, जेष्ठ २१, २०८० | Sunday 4th June 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • बैँक / वित्त
  • आज नेप्से १४ दशमलव ५७ अंकले उकालो लाग्यो
बैँक / वित्त

आज नेप्से १४ दशमलव ५७ अंकले उकालो लाग्यो

  • सिधा दृष्टी मङ्लबार, चैत्र १०, २०७७ | March 23, 2021

आज साताको तेस्रो दिन मंगलबार सेयर बजार उकालो लागेको छ। आज नेप्से परिसूचक १४ दशमलव ५७ अंकले उकालो लागेर २ हजार ५ सय २८ दशमलव ९५ अंकमा पुगेको हो।आज कारोबार रकम ५ अर्ब १४ करोड १८ लाख ९७ हजार १६९ रुपैयाँ पुगेको छ । कारोबार भएका २०८ कम्पनीहरुको मध्ये साल्ट ट्रेडिङ कर्पोरेशन (एसटीसी) को सेयर मूल्य १० प्रतिशतले बढेको छ ।

एसटीसीको सेयर मूल्य एकै दिन १ हजार ५० रुपैयाँले बढेर ११ हजार ५५० रुपैयाँ पुगेको

छ । यस कम्पनीको कारोबार रकम पनि १२ करोड ५९ लाख रुपैयाँ पुगेको छ ।

आज चन्दगिरी हिल्स कम्पनीको १५६ रुपैयाँले सेयर मूल्य बढेर १ हजार ७ सय १९ रुपैयाँ पुगेको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय