मङ्लबार, अशोज ९, २०८० | Tuesday 26th September 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • पहिलो पटक माउण्टेन गाइडले पाए लाइसेन्स
भर्खरै

पहिलो पटक माउण्टेन गाइडले पाए लाइसेन्स

  • सिधा दृष्टी मङ्लबार, चैत्र १०, २०७७ | March 23, 2021

काठमाडौं । पर्यटन विभागले पहिलो पटक माउण्टेन गाइडलाई लाइसेन्स वितरण शुरु गरेको छ । विभागले मंगलबार पहिलो पटक कामिरिता शेर्पालाई लाइसेन्स वितरण गरे ।

लामो समयदेखि माउण्टेन गाइडको लाइसेन्सका लागि पर्यटन व्यवसायीहरुले आवाज उठाइरहेका थिए । जसलाई सम्बोधन गर्दै विभागले उनीहरुलाई आजदेखि लाइसेन्स वितरण शुरु गरेको हो ।

जस अनुसार करिब ४० वर्षदेखि यसै क्षेत्रमा कार्यरत सोलुखुम्बु, खुम्बु पासाङल्यामुका कामिरिता शेर्पालाई उक्त लाइसेन्स दिइएको हो । उनको लाइसेन्स नम्बर ०००१ छ ।

माउण्टेन गाइडको लाइसेन्स लिनका लागि विभागले विभिन्न मापदण्ड

निर्धारण गरेको छ । माउण्टेन गाइड बन्नका लागि आधारभूत र एड्भान्स उच्च पर्वतारोहण र उद्दारसम्बन्धि ७ हजार मिटरभन्दा माथि अनिवार्य छ । आधारभूत पर्वतारोहण तालिमममा ग्लेसियरमा हिँड्ने, रक आइसमा हिँड्न सिकाउने, हिउँ बञ्चरो चलाउने, एल्टिच्यूट खप्न सक्ने, टीम व्यवस्थापन र क्राम्पोन प्रयोग गरी हिँड्न सिकाउने गरिन्छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय