शुक्रबार, अशोज १२, २०८० | Friday 29th September 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • थ्री नेसन्स कप फुटबल प्रतियोगिता आज देखि सुरु हुँदै
भर्खरै

थ्री नेसन्स कप फुटबल प्रतियोगिता आज देखि सुरु हुँदै

  • सिधा दृष्टी मङ्लबार, चैत्र १०, २०७७ | March 23, 2021

काठमाडौँ । थ्री नेसन्स कप अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता आज सुरु हुँदैछ ।

अखिल नेपाल फुटबल संघ (एन्फा)को आयोजनामा त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आयोजना हुने खेलमा नेपाल, बंगलादेश र किर्गिस्तानले प्रतिस्पर्धा गर्ने छन् ।

उद्घाटन खेलमा आज बंगलादेश र किर्गिस्तानको यू(२३ टिम भिड्ने छन् । बंगलादेश र किर्गिस्तानबीचको खेल साँझ ५स्३० बजे सुरु हुनेछ ।

बंगलादेश र किर्गिस्तान दुबै टिम जित निकाल्ने लक्ष्यसहित मैदान उत्रने छन् ।

नेपालले भने पहिलो खेलमा बुधबार किर्गिस्तानसँग खेल्नेछ । दोस्रो खेलमा नेपालले बंगलादेशसँग खेल्नेछ । नेपाल

र बंगलादेशबीचको खेल चैत १४ गते हुनेछ ।

राउण्ड रोबिनको आधारमा हुने लिगको शीर्ष दुई टिमले फाइनलमा प्रतिस्पर्धा गर्ने छन् । फाइनल खेल चैत १६ गते हुनेछ ।

 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय