शनिबार, अशोज १३, २०८० | Saturday 30th September 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • दाङमा स्कूल बस दुर्घटना, एकको मृत्यु बाइस घाइते
भर्खरै

दाङमा स्कूल बस दुर्घटना, एकको मृत्यु बाइस घाइते

  • सिधा दृष्टी मङ्लबार, चैत्र १०, २०७७ | March 23, 2021

दाङमा स्कूल बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार तुलसीपुरस्थित ज्ञानज्योति सेकेन्डरी स्कूलको रा.१ क ४३३ नंको बस तुलसीपुर उपमहानगरपालिका-१५ को सरैयाडाँडा चोकमा आज दुर्घटनामा हुँदा तुलसीपुर उपमहानरपालिका-१६ निवासी १९ वर्षीया सम्झना केसीको मृत्यु भएको हो ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख शिवबहादुर सिंहले दिएको जानकारीअनुसार दुर्घटनामा परी २२ विद्यार्थी घाइते भएका छन् । घाइतेमध्ये पाँच जनालाई थप उपचारका लागि कोहलपुरस्थित शिक्षण अस्पताल पठाइएको छ भने अन्य घाइतेको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार

भइरहेको छ ।

तुलसीपुर उपमहानगरपालिका–१५ कोठेरीबाट मंगलबार बिहान कक्षा ११ र १२ का विद्यार्थी लिएर तुलसीपुरतर्फ गइरहेको गरेको बस एक्कासी ब्रेक फेल भएर दुर्घटना भएको बताइएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय