मङ्लबार, अशोज ९, २०८० | Tuesday 26th September 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • म्यानमारमा बेपत्ता बीबीसीका समाचारदाता अपहरणमुक्त
भर्खरै

म्यानमारमा बेपत्ता बीबीसीका समाचारदाता अपहरणमुक्त

  • सिधा दृष्टी सोमवार, चैत्र ९, २०७७ | March 22, 2021

अपहरणमा पर्नु भएका म्यानमारका लागि बीबीसीका समाचारदाता आउङ थुरा अपहरणमुक्त भएका छन् ।

राजधानीस्थित अदालतअगाडि समाचार संकलन कार्य गरिरहेका बेला सादा पोशाकमा आएका व्यक्तिहरुले उनलाई शुक्रबार अपरहण गरेका थिए ।

म्यानमारमा सेनाले चालेको अप्रजातान्त्रिक कदमका विरुद्धमा आन्दोलन चर्किरहेका बेला बेपत्ता भएका पत्रकार सम्पर्कमा आएका बीबीसीका अधिकारीहरूले सोमबार जनाएका छन् ।

रिहा भएका पत्रकारका बारेमा र घटनाका बारेमा विस्तृत विवरण भने अहिलेसम्म सार्वजनिक गरिएको छैन ।

बीबीसीका समाचारदातासँगै स्थानीय मिज्जीमाका समाचारदाता थान हटिक अउङ पनि बेपत्ता भएका थिए ।

उनलाई भने अझै पनि अपहरणमुक्त नगरिएको समाचारमा जनाइएको छ ।

गत फेब्रुअरी १ मा भएको सैन्य विद्रोहपछिको आन्दोलनका क्रममा म्यानमारमा अहिलेसम्म दुई हजार ६०० जना गिरफ्तार भएका छन् ।

त्यसैगरी अरु २५० भन्दा बढीको मृत्यु भएको पनि विभिन्न निकायको तथ्याङ्कमा उल्लेख गरिएको छ ।

कतिपय अधिकारकर्मीहरूले भने आन्दोलनका क्रममा मारिएकाहरूको सङ्ख्या अझै धेरै हुनसक्ने दाबी पनि गरेका छन् ।

सेनाले नेतृ आङसान सूचीसहित धेरै नेताहरूलाई अहिले पनि नियन्त्रणमा राखेको छ ।

सैन्य विद्रोह भएपछि म्यानमारमा पत्रकार मात्रै ४० जना पक्राउ परिसकेको अधिकारीहरूले जनाएका छन् । सेनाले पाँच सञ्चारमाध्यमको अनुमति पनि खारेज गरेको छ ।


फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय