बिहिबार, अशोज ११, २०८० | Thursday 28th September 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • माओवादी केन्द्रको स्थायी कमिटी बैठक मंगलवार
भर्खरै

माओवादी केन्द्रको स्थायी कमिटी बैठक मंगलवार

  • सिधा दृष्टी सोमवार, चैत्र ९, २०७७ | March 22, 2021

काठमाडौँ । नेकपा माओवादी केन्द्रले मंगलबारका लागि स्थायी कमिटी बैठक बोलाएको छ । वर्तमान राजनीतिक परिस्थितिबारे छलफल गर्न भोलि बिहान ८ बजे केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्नेगरी बैठक बोलाइएको स्थायी कमिटीका पम्फा भुसालले जानकारी दिइन् ।

बैठकमा पार्टी सांगठनिक र वर्तमान राजनीति परिस्थितिबारे छलफल हुने उनले बताइन् । बैठकमा सरकारलाई दिएको समर्थन फिर्ता र नयाँ सरकार निर्माणका लागि गठबन्धन गर्ने विषयमा छलफल हुने बुझिएको छ ।

एमाले अध्यक्ष केपी शर्मा ओली सरकारलाई दिएको समर्थन माओवादीले फिर्ता लिएको छैन ।

माओवादीले समर्थन

फिर्ता नलिएरै ओलीको विकल्प दिन काँग्रेस र जनता समाजवादी पार्टीसँग संवादलाई अगाडि बढाएको थियो ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय