मङ्लबार, अशोज ९, २०८० | Tuesday 26th September 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • काँग्रेसका नौ जिल्लाका क्रियाशील सदस्यता विवरण अझै बुझाइएन
भर्खरै

काँग्रेसका नौ जिल्लाका क्रियाशील सदस्यता विवरण अझै बुझाइएन

  • सिधा दृष्टी सोमवार, चैत्र ९, २०७७ | March 22, 2021

काठमाडौं । नेपाली कांग्रेसमा हालसम्म झण्डै चार लाख क्रियाशील सदस्यता वितरण र नवीकरण भएको छ ।

क्रियाशील सदस्यता छानविन समितिका संयोजक रमेश लेखकले सोमबार पार्टीका पदाधिकारी र पूर्व पदाधिकारीहरुलाई यसबारे ब्रिफिङ गरेका हुन् । लेखकका अनुसार हालसम्म २ लाख १२ हजार ५१९ जनाको क्रियाशील सदस्यता नवीकरण भएको छ भने १ लाख ८० हजार २७५ नयाँ वितरण भएको छ ।प्रतिनिधिसभा निर्वाचन क्षेत्रले नयाँ वितरण तथा जिल्ला कार्यसमितिले सदस्यता नवीकरणको तथ्यांक केन्द्रमा पठाउने जिम्मेवारी पाएको छ । तर हालसम्म २०७ ठाउँबाट तथ्यांक

इन्ट्री भएको र ६९ ठाउँबाट सुरु नै नभएको लेखकले बताए ।

उनका अनुसार बारा, सिराहा, सप्तरी, धनुषा, बाँके, बर्दिया, रुकुम पूर्व, डोल्पा र रसुवाबाट क्रियाशील सदस्यता वितरण तथा नवीकरणको तथ्यांक केन्द्रमा आएको छैन । जबकी महाधिवेशन कार्यतालिकाअनुसार एक निर्वाचन क्षेत्र भएका जिल्लाहरुले क्रियाशील सदस्यता वितरण तथा नविकरणको सबै तथ्यांक चैत १० भित्र सबै केन्द्रमा पठाइसक्नुपर्ने थियो ।

समयमै यो काम नगर्ने जिल्लालाई महाधिवेशनमा भाग लिनबाट रोक्ने केन्द्रीय कार्यसमितिको यसअघिको निर्णय छ । लेखकका अनुसार अहिले यो निर्णय लिइहाल्ने अवस्था छैन । ‘समस्याहरुबारे बताएको छु, उहाँहरुले छलफल गरेपछि एउटा टुंगोमा पुग्छौं’ संयोजक लेखकले भनेका छन् ।

 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय