शनिबार, जेष्ठ २०, २०८० | Saturday 3rd June 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • नेत्रविक्रम चन्दले भेटे प्रधानमन्त्री ओलीलाई, सम्झौता कार्यान्वयका बिषयमा चासो व्यक्त
भर्खरै

नेत्रविक्रम चन्दले भेटे प्रधानमन्त्री ओलीलाई, सम्झौता कार्यान्वयका बिषयमा चासो व्यक्त

  • सिधा दृष्टी सोमवार, चैत्र ९, २०७७ | March 22, 2021

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवबीच भेटवार्ता भएको छ । नेकपा नेता विप्लव र प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डले बालुवाटार पुगेर प्रधानमन्त्री ओलीसँग भेटवार्ता गरेका हुन् ।

भेटमा सरकारसँग भएको सहमति कार्यान्वयनका बिषयमा छलफल भएको नेता दिपक चलाउनेले जानकारी दिए । गत फागुन २० गते विप्लव समूह र सरकारबीच भएको सहमति अनुसार विप्लवले आफ्ना नेता कार्यकर्तालाई रिहा गर्न ढिला भएको बताएका चलाउनेले बताए ।

नेपाल कम्युनिस्ट पार्टीमाथि लगाएको प्रतिबन्ध हटाउने, कारागारमा रहेका विप्लव

समूहका नेता तथा कार्यकर्ता रिहा गर्ने र सम्पूर्ण मुद्दा खारेज गर्ने तीन बुँदे सहमति भएको थियो ।

जवाफमा प्रधानमन्त्री सकारात्मक हुनुभएको पाएको चलाउनेले बताए । सरकारसँगको सहमितपछि फागुन २१ गते विप्लव समूह भूमिगत जीवनबाट बाहिर आएको थियो ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय