शनिबार, अशोज १३, २०८० | Saturday 30th September 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • ओस्कार अवार्ड विजेता फिल्म स्लमडग मिलेनियरका स्टार देव पटेलले मंकी मेन बेचे
भर्खरै

ओस्कार अवार्ड विजेता फिल्म स्लमडग मिलेनियरका स्टार देव पटेलले मंकी मेन बेचे

  • सिधा दृष्टी सोमवार, चैत्र ९, २०७७ | March 22, 2021

लसएञ्जल्स– ओस्कार अवार्ड विजेता फिल्म ‘स्लमडग मिलेनियर’ स्टार देव पटेलको अभिनय करियर अहिले उचाईमा छ । फिल्ममा अभिनयको उत्साव मनाएपछि उनी फिल्म निर्देशक बनेका छन् ।

उनले हलिउड एक्सन फिल्म ‘मंकी मेन’बाट निर्देशनमा पाइला चालेका छन् । यो फिल्म उनले ३० मिलियन डलरमा बेचेका छन् ।

आजतकमा प्रकाशित समाचारअनुसार उनले नेटफ्लिक्सलाई फिल्म ३० मिलियन डलरमा बेचेका हुन् ।

‘फिल्म केही हिंस्रक हुनसक्ला र केही भागमा पौराणिक सन्दर्भका कारण भारतीय दर्शकमाझ खासै उत्साहन नआउला । नेटफ्लिक्सले भने सेल्फ सेन्सरसिपलाई ध्यानमा राख्दै

केही परिवर्तन गर्ने सर्तमा फिल्म खरिद गरेको हो’, नेटफ्लिक्स निकट स्रोतले भनेको छ ।

यो फिल्मको स्क्रिप्ट देवले पल अंगुनावेला र जोन कोलीसँग मिलेर लेखेका हुन् । फिल्मको कथा भारतको पृष्ठभूमिमा आधारित छ, जसमा देवले प्रमुख भूमिका निभाएका छन् ।

फिल्ममा साल्र्टो कोप्ले र शोभिता धुलीपालाको पनि अभिनय छ । फिल्म आगामी वर्ष २०२२ मा रिलिज हुनेछ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय