मङ्लबार, अशोज १६, २०८० | Tuesday 3rd October 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • शेयर बजार परिसूचक नेप्सेमा दोहोरो अंकको गिरावट
भर्खरै

शेयर बजार परिसूचक नेप्सेमा दोहोरो अंकको गिरावट

  • सिधा दृष्टी सोमवार, चैत्र ९, २०७७ | March 22, 2021

काठमाडौं । साताको दोस्रो दिन सेयर बजार परिसूचक नेप्सेमा २४ अंकको गिरावट आएको छ । पछिल्लो एक महिना देखि निरन्तर ओरालो लागेको बजार मंगलबार देखि भने उकालो लागेको थियो । आईतबार ६३ अंकले बढेको बजारमा सोमबार पुनः गिरावट आएको हो ।

आज नेप्से २४।०८ अंकले घटेर २५१२ विन्दुमा कायम भएको छ । आज सेयर बजारमा २११ कम्पनीका सेयर कारोबार भएका छन् । कुल १ करोड ९ लाख ३१ हजार कित्ता शेयर ३७ हजार ४ सय ५६ कारोबारबाट ५ अर्ब ३५

करोड १३ लाख ५३ हजार रुपैयाँमा किनबेच भएको छ ।

कारोबार भएका समूहगत परिसूचकमा होटेल तथा जलविद्युत बाहेक अन्य सबै उपसमूहको सूचक घटेका छन् । माथिल्लो तामाकोशी र चन्दागिरी हिल्सको कारोबारमा सकारात्मक सर्किट ब्रेकर लागेको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय