डोल्पाको शे-फोक्सुण्डो गाउँपालिका-८ मा पर्ने शे-फोक्सुण्डो ताल क्षेत्रमा निःशुल्क इन्टरनेट सेवा जडान गरिएको छ । निजी इन्टरनेट सेवाप्रदायक कम्पनी वर्ल्ड लिङ्कले निःशुल्क इन्टरनेट सेवा जडान गरेको हो ।
सुन्दर पर्यटकीय गन्तव्य भएर पनि फोक्सुण्डो ताल ओझेलमा परेकाले थोरै भए पनि प्रसार–प्रसार होस् भन्ने हेतुले तालनजिकै निःशुल्क इन्टरनेट सेवा जडान गरिएको वर्ल्ड लिङ्कले जनाएको छ ।
इन्टरनेट प्रयोग गर्ने व्यक्तिले एक दिनमा निःशुल्क ५०० एमबी प्रयोग गर्न सक्ने कम्पनीका प्राविधिक उमाकान्त क्षेत्रीले जानकारी दिए । निःशुल्क इन्टरनेट जडानसँगै फोक्सुण्डो
ताल घुम्न आउने पर्यटकका लागि सञ्चार सम्पर्कमा रहन सहज हुनाका साथै पर्यटकले मनोरञ्जन लिन सक्ने क्षेत्रीको भनाइ छ ।