• Skip this

Advertisement area

Advertisement area

होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Senjal1
शुक्रबार, बैशाख ३१, २०७८ | Friday 14th May 2021
जोडिनुहोस
Engineering4
Real Shoes4
Era1
  • गृहपृष्‍ठ
  • अटो
  • रक्सौल-काठमाडौं रेलमार्ग निर्माण समझदारीमा हस्ताक्षर गर्न महानिर्देशकलाई अख्तियारी
अटो

रक्सौल-काठमाडौं रेलमार्ग निर्माण समझदारीमा हस्ताक्षर गर्न महानिर्देशकलाई अख्तियारी

  • सिधा दृष्टी सोमवार, चैत्र ९, २०७७ | March 22, 2021
yoho2

सरकारले रक्सौलदेखि काठमाडौंसम्म ‘ब्रोड गेज’ रेलमार्गको निर्माण कार्य आगाडि बढाउन नेपाल सरकार र भारत सरकारबीच हुने समझदारीपत्रलाई स्वीकृत गरी त्यसमा हस्ताक्षर गर्न रेल विभागका महानिर्देशकलाई अख्तियारी दिने निर्णय गरेको छ । मन्त्रिपरिषद्का विभिन्न मितिमा बसेका बैठकहरूको निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले बैठकले हुलाकी सडकअन्तर्गतको खण्डमा निर्माण र स्तरोन्नति अघि बढाउन रूख कटानको स्वीकृति दिएको बताउनुभयो ।

हुलाकी सडक निर्देशनालयलाई धनगढी–भजनी–सती खण्डमा निर्माणका लागि कैलाली जिल्लामा सुइटी÷वसन्तीलगायत चार सामुदायिक वनमा परेका रूख काट्न दिइएको

Real Shoes 1

हो । यसमा साल, अस्नालगायतका प्रजातिका एक सय रूख डिभिजन वन कार्यालय धनगढी कैलालीमार्फत हटाउन स्वीकृति दिइएको हो । नेपाल नागरिक उड्डयन प्राधिकरणलाई पोखरा क्षेत्रीय अन्तरराष्ट्रिय विमानस्थलको रनवे स्ट्रिपको पूर्वपट्टि रहेको पोखरा महानगरपालिका-२६ स्थित रिठ्ठेपानी डाँडामा रहेका र हवाई सुरक्षार्थ अवरोध र जोखिमजन्य अवस्थामा रहेका रूख तथा पोलहरू कटान गर्न स्वीकृति दिने निर्णय गरिएको छ ।

मन्त्रिपरिषद्को बैठकले विभिन्न स्थानीय तहहरूलाई जग्गा प्राप्ति गर्न स्वीकृति प्रदान गर्ने निर्णय गरेको मन्त्री गुरुङले बताउनुभयो । काठमाडौंको चन्द्रागिरि, गोरखाको पालुङटार, महोत्तरी बर्दिबास, सर्लाही बरहथवा नगरपालिका तथा मोरङ कानेपोखरी, म्याग्दीको रघुगङ्गा, गुल्मीको इस्मा र गुल्मीदरबार, कास्कीको मादी, नुवाकोटको लिखु र नवलपरासीको प्रतापपुर गाउँपालिकालाई जग्गा प्राप्ति गर्न स्वीकृति दिइएको बताइएको छ ।

सरकारले विसं २०७८ मा दिइने सार्वजनिक, पर्व एवं सट्टा बिदा र कार्यालय समय निर्धारण गर्ने निर्णय गरेको छ । चैत १९ गते श्रीलङ्काले भर्चुअल माध्यमबाट आयोजना गर्ने १७औँ बिमस्टेक मन्त्रिस्तरीय बैठकमा भाग लिन परराष्ट्रमन्त्रीको नेतृत्वमा र २०७७ चैत १८ गते हुने बिम्स्टेक परराष्ट्र सचिवस्तरीय वरिष्ठ पदाधिकारीको विशेष बैठकमा भाग लिन परराष्ट्र सचिवको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डलको गठन गर्ने पनि निर्णय गरिएको मन्त्री गुरुङले बताउनुभयो ।

सरकारले केराउ, सुपारी, छोकडा, नधुल्याएको मरिच र सवारी साधनको आयातलाई व्यवस्थापन गर्ने सूचना राजपत्रमा प्रकाशित गर्ने निर्णय गरेको छ । चालु आवका लागि गहुँको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल रु तीन हजार १११ तोक्ने निर्णय गरिएको छ ।

यसैगरी होटेल उद्योगका रूपमा दर्ता भई सञ्चालनमा रहेका उद्योगमध्ये नियमितरूपमा नवीकरण गरी कर विवरण पेश गरेका होटेल तथा रेष्टुरेन्टलाई सरकारले विद्युत् महशूलमा सहुलियत दिने निर्णय गरेको छ । कोभिड-१९ को सङ्क्रमण जोखिम न्यूनीकरण गर्न बन्दाबन्दी घोषणा गरेको २०७६ चैत ११ गतेदेखि भदौ मसान्तसम्मको उद्योगले भुक्तानी गर्नुपर्ने विद्युत्को डिमान्ड शुल्कको शत्प्रतिशत र २०७७ असोज १ देखि माघ मसान्तसम्म ५० प्रतिशत छुट दिने निर्णय गरेको छ ।रासस

Second2
Heavenly1
Bagini4
Kuhiro3

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय

सम्बन्धित समाचार

सबै
हिपत खबर
भर्खरै
केपी शर्मा ओली आजै राति पुनः प्रधानमन्त्री नियुक्त हुने

प्रतिनिधिसभामा बैशाख २७ गते विश्वास गुमाएका केपी शर्मा ओली आजै राति पुनः प्रधानमन्त्री नियुक्त हुने भएका छन् । काँग्रेस– माओवादी– जसपा गठबन्धनले तोकिएको समयमा बहुमत जुटाउने सम्भावना टरेका कारण राति ९ बजेपछि ओली नै प्रधानमन्त्री बन्ने

  • १0 घन्टा अघि
हिपत खबर
भर्खरै
नेपाली कांग्रेसको क्रियाशील सदस्यता विवरण सार्वजनिक

नेपाली कांग्रेसको १४औँ महाधिवेशनका सन्दर्भमा पार्टीको विधान, नियमावली र केन्द्रको परिपत्रानुसार प्रक्रिया पुऱ्याइ विवादरहित प्राप्त क्रियाशील सदस्यता विवरण सार्वजनिक गरेको छ ।

कांग्रेसले क्रियाशील सदस्यतासम्बन्धी कार्य सम्पन्न गरी जिल्ला र प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिले केन्द्रबाट उपलब्ध गराइएको

  • ११ घन्टा अघि
हिपत खबर
पर्यटन
आन्तरिक उडान अनिश्चितकालका लागि बन्द

कोरोना महामारीका कोरण दर्साउदै नागरिक उड्डयन प्राधिकरणले व्यवसायिक आन्तरिक उडान अनिश्चितकालका लागि बन्द गरेको छ ।

नागरिक उड्डयन प्राधिकरणको उडान अनुमति शाखाका उप–प्रबन्धक ज्ञानेन्द्र भुलले बिहीबार कोरोना महामारीको कारण दर्साउँदै अर्को सूचना नआउञ्जेलसम्मका लागि

  • ११ घन्टा अघि
हिपत खबर
बैँक / वित्त
निषेधाज्ञा अवधिमा बैंकमा ५० हजारभन्दा कम रकम जम्मा गर्न नपाइने

निषेधाज्ञा अवधिमा बैंकमा ५० हजार रुपैयाँभन्दा कम रकम जम्मा गर्न नपाइने भएको छ । नेपाल बैंकर्स सङ्घले आज विज्ञप्ति निकालेर भिडभाड कम गर्नका लागि ५० हजार रुपैयाँभन्दा कम रकम निक्षेप नलिने जानकारी दिएको छ ।

थोरै रकम जम्मा

  • ११ घन्टा अघि
हिपत खबर
भर्खरै
कोरोना संक्रमणबाट वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष गैरेको मृत्यु

नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष विष्णु गैरेको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्यसमेत रहेका अध्यक्ष गैरको बिहीबार साँझ काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको हो ।

  • ११ घन्टा अघि
हिपत खबर
भर्खरै
ललितपुर सिटीलाई हराउँदै काठमाडौं रेजर्स फाइनलमा प्रवेश

ललितपुर सिटी फुटबल क्लबलाई पराजित गर्दै काठमाडौं रेजर्स फुटबल क्लब नेपाल सुपर लिग (एनएसएल) फुटबलको फाइनलमा प्रवेश गरेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न दोस्रो क्वालिफायरमा ललितपुर सिटी एफसीलाई ३–० गोल अन्तरले पराजित गर्दै काठमाडौं उपाधि

  • ११ घन्टा अघि
हिपत खबर
भर्खरै
धादिङमा १५ जेठसम्मका लागि निषेधाज्ञा लम्ब्याइयो

धादिङ । कोभिड–१९ सङक्रमण रोकथामका लागि धादिङमा जेठ १५ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा थप गरिएको छ ।
जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रको आजको बैठकले उक्त निर्णय गरेको हो । यसअघि धादिङ

  • ११ घन्टा अघि
हिपत खबर
भर्खरै
थप ८९६० कोरोना संक्रमित थपिए, २१४ जनाको मृत्यु

पछिल्लो २४ घन्टामा नेपालमा थप ८९६० जना कोरोना संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा गरिएको २०२४५ परीक्षणबाट ८९६० थपिएका हुन्। यो सँगै नेपालमा सक्रिय कोरोनाका बिरामी १ लाख ५ हजार २ सय

  • १४ घन्टा अघि
हिपत खबर
भर्खरै
प्रचण्डले बोलाए स्थायी कमिटीको बैठक

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्थायी कमिटीको आकस्मिक बैठक बोलाएका छन् । पार्टी कार्यालय पेरिसडाँडामा साँझ ५ बजे बैठक बस्ने स्थायी कमिटी सदसय गणेश साहले जानकारी दिए ।

कांग्रेस सभापति शेरबहादुर देउवालाई भेटेर फर्किएपछि

  • १४ घन्टा अघि
हिपत खबर
भर्खरै
सगरमाथा आरोही दुई विदेशीको मृत्यु

सगरमाथा आरोहणका क्रममा दुई विदेशी आरोहीको मृत्यु भएको छ । बुधबार बिहान उनीहरुको मृत्यु भएको पर्यटन विभागले जनाएको छ ।

विभागका निर्देशक मीरा आचार्यका अनुसार स्वीजरल्याण्डका आरोही अब्दुल वारिच आरोहण सकेर फर्कने क्रममा सेभेन समिटमा आइपुगेर

  • १५ घन्टा अघि