काठमाडौँ । स्थानीय र पश्चिमी वायुको प्रभावले आज मुलुकका विभिन्न स्थानमा वर्षा हुने सम्भावना रहेको छ ।
हाल देशका पहाडी भू-भागमा आंशिक बदली रही अन्य स्थानको मौसम सामान्यतया सफा रहेको छ ।
आज अपराह्नपछि गण्डकी प्रदेश,कर्णाली र सुदूरपश्चचिम प्रदेशका थोरै स्थानहरु र बाँकी प्रदेशका पहाडी भू-भागमा मेघगर्जन-चट्टयाङ सहित हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
मंगलबार र बुधबार पनि पहाडी भेगमा वर्षाको पूर्वानुमान गरिएको महाशाखाले विहान जारी गरेको तीन दिनको मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ
।