मङ्लबार, अशोज १६, २०८० | Tuesday 3rd October 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • १८ वर्षदेखि फरार अभियुक्त पक्राउ
भर्खरै

१८ वर्षदेखि फरार अभियुक्त पक्राउ

  • सिधा दृष्टी सोमवार, चैत्र ९, २०७७ | March 22, 2021

कैलाली । कैलालीमा सवारी ज्यान मुद्दामा फरार एक ट्र्याक्टर चालकलाई १८ वर्षपछि प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा जोशीपुर गाउँपालिका–६ लोखरीका उमेश भन्ने उपेन्द्र स्वार रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक हिक्मतबहादुर थापाले जानकारी दिए ।

प्रहरी निरीक्षक थापाका अनुसार २०५९– ११–३० गते स्वारले चलाएको से१त ११४१ नंको ट्र्याक्टरबाट सोही ठाउँका धनिराम डगौराको च्यापिएर मृत्यु भएको थियो । लगत्तै चालक भागेका थिए ।

खोज तलास गर्ने क्रममा चालक स्वारलाई इलाका प्रहरी कार्यालय भजनीबाट खटिएको प्रहरी टोलीले जोशीपुर गाउँपालिका–६

लोखरी गाउँमा लुकीछिपी बसेको अवस्थामा पक्राउ गरेको थापाले जानकारी दिए ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय