बिहिबार, अशोज ११, २०८० | Thursday 28th September 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • अमेरिकी रक्षामन्त्री अस्टिन अफगानिस्तानको औपचारिक भ्रमणमा
भर्खरै

अमेरिकी रक्षामन्त्री अस्टिन अफगानिस्तानको औपचारिक भ्रमणमा

  • सिधा दृष्टी सोमवार, चैत्र ९, २०७७ | March 22, 2021

काबुल(एएफपी) । अमेरिकी रक्षा मन्त्री लोयड अस्टिनले अनौपचारिकरूपमा अफगानिस्तानको भ्रमण गरेका छन् ।

अफगानिस्तानबाट अमेरिकी सेना फर्किने मिति नजिकिँदै गर्दा भएको यस भ्रमणलाई विश्व समुदायले अर्थपूर्ण रूपमा हेरेको छ ।

अमेरिकाले गत वर्ष अफगानिस्तानको तालिवान विद्रोहीसँग गरेको सहमति अनुसार यसै वर्षको मे १ मा सम्पूर्ण अमेरिकी सेनालाई फिर्ता गर्ने उल्लेख भएको थियो ।

यसको तयारीस्वरूप रक्षामन्त्रीले अफगानिस्तानमा उच्च पदस्थ अधिकारीलगायत व्यक्तिहरूलाई भेटेको पेन्टागन श्रोतले जनाएको छ ।

अमेरिकी राष्ट्रपति जो वाइडेनले यस पहिलेको सरकारले तय गरेको सेना फिर्ता गर्ने मिति

मे १ मा नै सबै अमेरिकी सैनिक फिर्ता गर्न कठीन हुने बताइरहेका समय एशिया भ्रमणमा रहेका अमेरिकी रक्षामन्त्रीले अफगानी राष्ट्रपतिसँग भेट गरी वार्ता गरेको बताइएको छ ।

अमेरिकी रक्षा अधिकारीहरूले रक्षामन्त्री अफगानिस्तानबाट फिर्ता नहुँदासम्म समाचारलाई सार्वजनिक नगर्न अफगानी अधिकारीहरूलाई आग्रह गरे अनुसार भ्रमणको समाचार कभरेज ढिलो गरी भएको एक अफगानी अधिकारीले बताए ।

रक्षामन्त्री अस्टिनले यस पहिले यसै साता जापान, भारतलगायतका एशियाली मुलुकहरूको भ्रमण गरिसकेका छन् ।

 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय