शनिबार, अशोज १३, २०८० | Saturday 30th September 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • भारतमा कोरोना संक्रमितको संख्या दैनिक बढेसंगै नेपालमा सभा, सम्मेलन र गोष्टी नगर्न सरकारको आग्रह
भर्खरै

भारतमा कोरोना संक्रमितको संख्या दैनिक बढेसंगै नेपालमा सभा, सम्मेलन र गोष्टी नगर्न सरकारको आग्रह

  • सिधा दृष्टी आइतवार, चैत्र ८, २०७७ | March 21, 2021

काठमाडौँ । छिमेकी देश भारतमा कोरोनाभाइरस संक्रमितको संख्या बढेपछि सरकारले नेपालमा पनि स्वास्थ्य सुरक्षा सतर्कता बढाउन आग्रह गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार विज्ञप्ति जारी गरी भारतमा कोरोनाभाइरस संक्रमण बढ्दो क्रममा रहेकाले नेपालमा पनि संक्रमण बढ्न सक्ने भन्दै सचेत हुन आग्रह गरेको छ ।नेपालमा समेत संक्रमण बढ्‍न सक्‍ने भएकाले सभा, गोष्ठी, जुलुस, र्‍याली, भेला, जमघट, सेमिनार, बैठक, भीडभाड हुने व्‍यावसायिक कार्यहरु नगर्न मन्त्रालयले आग्रह गरेको छ । प्रवक्ता डा। जागेश्वर गौतमले विज्ञप्ति निकालेर सामाजिकरभौतिक दूरी, मास्कको अनिवार्य प्रयोग

तथा साबुनपानीले राम्रोसँग हात धुने, स्यानिटाइजरको प्रयोगलगायत जनस्वास्थ्यका मापदण्ड पालना गर्न आग्रह गरेका छन् ।

भारतमा पछिल्लो २४ घण्टामा ४३ हजार ८४६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय