काठमाडौं । तेस्रो थानकोट गोल्ड कप को उपाधि विई आर ब्रदर्सले जितेको छ । चन्द्रागिरि थानकोट गोदाममा रहेको पिम्फली खेल मैदानमा आइतवार भएको तिनथाना युथ क्लबलाई पराजित गर्दै विई आर ब्रदर्सले रक्षा गरेको हो ।
सि.एम.बि.ग्रुप संस्करण अन्तर्गत भएको फाइनल खेलमा तिनथाना युथ क्लबलाई हराउँदै ब्रदर्सले उपाधीको रक्षा गर्न सफल भएको हो।
चन्द्रागिरि नगरपालिकामा आयोजना भएको थानकोट गोल्डकप फुटबल प्रतियोगितामा ब्रदर्स बिजेता हुँदै ८० हजार नगद पुरस्कारसहितको फुटबलको उपाधी जित्न सफल
भएको छ।
सुरुदेखि दवाव राख्न सफल भएको ब्रदर्सले २-० ले हराउँदै थानकोट गोल्डकपको विजेता बन्न सफल भएको छ।
चन्द्रागिरि नगरपालिका भित्रका स्थानीय २४ वटा टोलीलाई पछि पार्दै विई आर ब्रदर्स र तिनथाना युथ क्लब फाइनलमा पुग्न सफल भएका थिए।
उपविजेता तिनथाना युथ क्लबले ४५हजार नगद, ट्रफी प्राप्त गरेको छ भने उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलकिपरलगायतलाई जनही पाँचरपाँच हजार नगद पुरस्कार नगर प्रमुख घनश्याम गिरीले प्रदान गरे।
साथै विभिन्न बिधामा गरी करिब २५ हजारसहित खेलाडीहरुलाई सम्मान गरिएको छ। तेस्रो संस्करणको फाइनल खेलमा बोल्दै नगर प्रमुख गिरीले चन्द्रागिरीमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीहरू उत्पादन भइरहेका हुँदा खेलकुद र खेलाडीहरूको विकासका लागि नगरबाट उचित कामहरु भइरहेको बताए।
उनले खेलकुदको माध्यमबाट समाज र राष्ट्रको नाम विश्वजगतमा राख्ने हुँदा खेलाडीहरूको उच्च सम्मानका साथै विविध गतिविधिमा ध्यान दिइरहेको बताए।
तेस्रो थानकोट गोलकप फुटबल प्रतियोगिता फागुन २७ बाट सुरु भएको थियो।