सोमवार, अशोज १७, २०७९ | Monday 3rd October 2022
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • अस्ट्रेलियाको न्यू साउथ वेल्समा बाढी, दर्जनौंको उद्धार
भर्खरै

अस्ट्रेलियाको न्यू साउथ वेल्समा बाढी, दर्जनौंको उद्धार

  • सिधा दृष्टी आइतवार, चैत्र ८, २०७७ | March 21, 2021

एजेन्सी । अस्ट्रेलियाको न्यू साउथ वेल्समा निरन्तर मुसलधारे वर्षा र बाढीका कारण त्यहाँको जनजीवन प्रभावित भएको छ ।बाढीमा फसेका दर्जनौं मानिसहरूलाई उद्धार गरिएको जनाइएको छ । न्यु साउथ वेल्सको तल्लो इलाकामा बसोबास गर्ने मानिसहरूलाई सुरक्षित स्थानमा जान भनिएको छ

बाढीको डरलाई ध्यानमा राख्दै सिड्नीका धेरै ठाउँ खाली गर्न भनिएको छ। शहरको तल्लो क्षेत्रमा बसोबास गर्ने प्रत्येक व्यक्तिलाई त्यहाँबाट जानु पर्ने प्रशासनले जनाएको छ ।

सयौं मानिसहरू सिड्नी शहरको उत्तरी क्षेत्रबाट उद्दार गरिएको प्रहरीले जनाएको छ । केही दिनदेखिको

अविरल वर्षाले सिड्नी र आसपासका बस्तीका सडक जलमग्न छन् ।

सिड्नी शहरको पानीको मुख्य स्रोत बारागम्बा बाँधमा सन् २०१६ पछि पहिलो पटक ओभरफ्लो भइरहेको छ।

मौसम विभागका अनुसार सिड्नीले अर्को १२ घण्टामा १०० मिलिमिटर वर्षा गर्न सक्छ। मुसलधारे वर्षा र तीव्र बतास अर्को हप्ताको अन्त्य सम्म जारी रहने जनाइएको छ। बिहीबारसम्म बाढीबाट राहत पाउने कुनै आशा नभएको बताइएको छ।

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय