• Skip this

Advertisement area

Advertisement area

होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Senjal1
आइतवार, बैशाख २६, २०७८ | Sunday 9th May 2021
जोडिनुहोस
Engineering4
Trending
Real Shoes4
Era1
  • गृहपृष्‍ठ
  • भर्खरै
  • मलेखु बजारको हरेक पसलमा अबदेखि क्यूआरबाट भुक्तानी गर्न सकिने
भर्खरै

मलेखु बजारको हरेक पसलमा अबदेखि क्यूआरबाट भुक्तानी गर्न सकिने

  • सिधा दृष्टी शनिबार, चैत्र ७, २०७७ | March 20, 2021
yoho2

पृथ्वी राजमार्गस्थित मलेखु बजारलाई डिजिटल बजार घोषणा गरिएको छ । पछिल्ला दिनमा क्यूआर भुक्तानीलाई तीव्र रुपमा अगाडि बढाइरहेको कुमारी बैंक लिमिटेड र फोनपे पेमेन्ट सर्भिस लिमिटेडको सहकार्यमा मलेखु बजारलाई डिजिटल बजार घोषणा गरिएको हो ।

कुमारी बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भण्डारीले शुक्रबार क्यूआरमार्फत भुक्तानी गर्दै डिजिटल मलेखु बजारको आरम्भ गरे । सो अवसरमा उनले विभिन्न व्यवसायीहरुलाई क्यूआर कोडसमेत हस्तान्तरण गरे ।

योसँगै मलेखुका हरेक पसलमा क्यूआरमार्फत भुक्तानी गर्न सकिने भएको छ । क्यूआरमार्फत भुक्तानी गर्न सकिने भएसँगै

Real Shoes 1

मलेखुमा खाना खाँदा तथा किनमेल गर्नका लागि नगद रकम बोक्नुपर्ने बाध्यताबाट मुक्ति मिलेको छ ।

डिजिटल बजार उद्घाटन गर्दै बेनीघाट रोराङ गाउँपालिकाका अध्यक्ष पित्तबहादुर डल्लाकोटीले सुरक्षित कारोबारका लागि क्यूआर प्रविधि अत्यन्त उपयोगी रहेकाले बेनीघाट नगरपालिकाका व्यवसायीलाई प्रविधिको प्रयोग गर्न आग्रह गरे ।

कुमारी बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भण्डारीले क्यूआर प्रविधिको प्रयोगले व्यवसायी तथा बैंकको सम्बन्ध नयाँ उचाइमा पुग्ने विश्वास व्यक्त गरे । व्यवसायीहरुले बैंकिङ्ग माध्यमबाट कारोबार गर्दा उनीहरुलाई ऋण तथा अन्य सुविधाका लागि पनि व्यवसायीलाई सहयोग पुग्ने बताए ।

कार्यक्रममा एफवान सफ्ट इन्टरनेशनलका अध्यक्ष विश्वास ढकाललले मलेखु बजार राजधानी छिर्ने नाकाको मुख्य बजार भएको हुनाले यस बजारलाई डिजिटल बजारका रुपमा विकास गरेर उदाहरणीय बनाउन आवश्यक रहेको तर्क गरे ।

शुक्रबार मलेखुमा भएको कार्यक्रममा बैंकका तर्फबाट बैंकको सञ्चालक समितिका सदस्यहरु र व्यवस्थापनका कर्मचारीहरुको पनि उपस्थिति रहेको थियो । उक्त कार्यक्रममा विभिन्न मनोरञ्जनात्मक कार्यक्रम समेतआयोजना गरिएको थियो । कलाकार सन्दिप क्षेत्री, धर्मेन्द्र सेवान, रुसान श्रेष्ठले प्रस्तुति दिएका थिए ।

कुमारी बैंकले देशभर रहेका १ सय ९२ शाखा, १३ वटा एक्स्टेन्सन काउन्टर तथा २२ वटा शाखा रहित बैंकिङमार्फत सेवा प्रदान गर्दै आएको छ ।

फोनपे पेमेन्ट सर्भिस लिमिटेड नेपाल राष्ट्र बैंकबाट अनुमतिप्राप्त नेपालको एक अग्रणी र प्रतिष्ठित भुक्तानी प्रणाली सञ्चालक हो । फोनपे नेटवर्कमा ६० वटा बैंक तथा वित्तीय संस्था आबद्ध छन् भने २ लाख ६० हजारभन्दा बढी मर्चेन्ट रहेका छन् ।

एक करोड २५ लाखभन्दा धेरै मोबाइल बैंकिङ प्रयोगकर्ता तथा ४५ लाख बढी भुक्तानी सेवाप्रदायकका मोबाइल एपमार्फत यसले सेवा प्रदान गर्दै आएको छ ।


Second2
Heavenly1
Bagini4
Kuhiro3

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय

सम्बन्धित समाचार

सबै
हिपत खबर
भर्खरै
कोरोना सङ्क्रमण तीव्र रुपमा बढेपछि ६३ जिल्लामा निषेधाज्ञा जारी

कोरोना सङ्क्रमण तीव्र रुपमा बढेपछि ६३ जिल्लामा निषेधाज्ञा जारी गरिएको छ । गृह मन्त्रालयको विवरणअनुसार आज अपराह्न ४ बजेसम्म ५३ जिल्लामा जिल्लाभर र १० जिल्लामा प्रभावित क्षेत्रमा निषेधाज्ञा जारी गरिएको छ ।

बाँके, सुर्खेत, काठमाडौँ, ललितपुर,

  • ५ घन्टा अघि
हिपत खबर
भर्खरै
कोरोना रोकथाम र नियन्त्रणमा युद्धस्तरमा लाग्ने मन्त्रिपरिषदको निर्णय

रकारले सम्भव भएसम्म कोरोना रोकथाम तथा नियन्त्रणमा राज्यका अधिकतम् स्रोत साधन परिचालन गर्ने निर्णय गरेको छ । साँझ बसेको मन्त्रिपरिषद बैठकले कोरोना रोकथाम र नियन्त्रण गर्न राज्यका स्रोत साधन र संयन्त्रहरु प्रभावकारी ढंगले परिचालन गर्ने निर्णय

  • ५ घन्टा अघि
हिपत खबर
भर्खरै
चेपाङ किसानले लगाएको मकैवालीमा फौजी किराको आतंक

धादिङको बेनिघाटरोराङ गाउपालिकाका किसानले लगाएको मकैबालीमा अमेरिकन फौजी किराको संक्रमण फैलिएको छ । फौजी किराले मकैको बोट नाश गरेको किसानहरुले बताएका छन् ।

गाउपालिकाको वडा नं ८ को राक्सिराङ, जिर्वाङ, यार्वाङ, साचक, गोठीभन्ज्याङ, वडा नं ९

  • ७ घन्टा अघि
हिपत खबर
भर्खरै
बालुवाटारमा मन्त्रिपरिषद्को आकस्मिक बैठक जारी

प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषदको आकस्मिक बैठक बालुवाटारमा जारी छ ।

सोमबार र बिहीबार मन्त्रिपरिषदको नियमित बैठक हुने भए पनि प्रधानमन्त्री ओलीले आज आकस्मिक बैठक बोलाएका हुन् ।

प्रधानमन्त्री ओलीले संसदबाट विश्वासको मत लिन प्रतिनिधिसभा अधिवेशन आह्वान

  • ७ घन्टा अघि
हिपत खबर
भर्खरै
शनिबार ३३ सय बढि संक्रमित कोरोना मुक्त : ८४१८ संक्रमित थपिए

देशभर थप ८ हजार ४१८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । शनिबार देशभर १७ हजार ३१५ जनाको पीसीआर परीक्षण गर्दा ८ हजार २८७ जना र ९८९ जनाको एन्टिजेन परीक्षण गर्दा १३१जना गरी कुल ८ हजार

  • ९ घन्टा अघि
हिपत खबर
भर्खरै
कोरोना महामारीमा चन्द्रागिरी नगरप्रमुख गिरीको उदाहरणीय काम

काठमाडौं । चन्द्रागिरि नगरपालिका नगरप्रमुख घनश्याम गिरीले उदाहरणीय काम गरेका छन् । नगरप्रमुख गिरीले नगरपालिका भित्र उपलब्ध अक्सिजन सिलिण्डर संकलन गर्न आफैं खटिएर उदाहरण प्रस्तुत गरेका छन् । नेपाल अटो मेकानिक व्ववसायी संघको सहकार्यमा नगरप्रमुख गिरीले

  • ९ घन्टा अघि
हिपत खबर
भर्खरै
१९ सय पर्ने अक्सिमिटर ३५ सय भन्दा बढीमा बिक्रि गर्ने प्रहरीको फन्दामा

जिल्ला प्रहरी कार्यालय पर्साले अक्सिमिटर कालोबजारी गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ।

पर्सा वीरगन्ज महानगरपालिका-१६ नगवाका ३२ वर्षीय रामहरि तिवारीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी प्रमुख एसएसपी

  • १0 घन्टा अघि
हिपत खबर
भर्खरै
निषेधाज्ञा लगाउने जिल्लाको संख्या ६२ पुग्यो (सूचीसहित)

काठमाडौँ । कोरोनाको दोस्रो लहर रोक्नको लागि सरकारले ५१ जिल्लामा पूर्ण र ११ आंशिक रुपमा ६२ जिल्लामा निषेधाज्ञाको घोषणा गरिएको छ । यो सँगै आजसम्म ६२ जिल्लामा निषेधाज्ञा आदेश जारी भएको छ ।
तर, कोरोना

  • १0 घन्टा अघि
हिपत खबर
भर्खरै
चीनमा तडकभडकयुक्त जीवनशैली अपनाउने कम्युनिष्ट पार्टीका नेतामाथि कारबाही

भ्रष्टाचार नियन्त्रणसम्बन्धी चीनको सर्वोच्च निकायले भड्काउ एवं सुखभोगी जीवनशैली अपनाउने चिनियाँ कम्युनिष्ट पार्टीका नेता कार्यकर्तामाथि कारबाही गरेको छ । यस वर्षको शुरुदेखि हालसम्म २७० जनामाथि कारबाही गरिएको चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय अनुशासन आयोगले सार्वजनिक गरेको विवरणमा

  • १0 घन्टा अघि
हिपत खबर
भर्खरै
तुलसीपुरमा हेलिप्याड निर्माण

तुलसीपुर आइसोलेसन सेन्टरमा हेलिप्याड निर्माण गरिएको छ ।

जटिल प्रकृतिका कोरोना संक्रमित बिरामीको उपचारमा सहजता ल्याउन अस्वारास्थित तुलसीपुर आइसोलेसन सेन्टरमा हेलिप्याड निर्माण गरिएको तुलसीपुर उपमहानगरपालिका नगर प्रमुख घनश्याम पाण्डेले जानकारी दिए ।

१९ नम्बर

  • ११ घन्टा अघि