शनिबार, जेष्ठ २०, २०८० | Saturday 3rd June 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • नेपाली काँग्रेसका नेता स्व. गिरिजाप्रसाद कोइरालाको आज ११ औं स्मृति दिवस
भर्खरै

नेपाली काँग्रेसका नेता स्व. गिरिजाप्रसाद कोइरालाको आज ११ औं स्मृति दिवस

  • सिधा दृष्टी शनिबार, चैत्र ७, २०७७ | March 20, 2021

काठमाडौँ । नेपाली कांग्रेसका नेता , तत्कालिन पार्टी सभापति एवंम प्रधानमन्त्री स्व. गिरिजाप्रसाद कोइरालाको आज ११औँ स्मृति दिवस विभिन्न कार्यक्रम गरेर मनाइँदैछ ।

कांग्रेसका तत्कालीन सभापति एवं पूर्वप्रधानमन्त्री कोइरालाको ११औं स्मृति दिवसका अवसरमा नेपाली कांग्रेस, जीपी कोइराला फाउण्डेनलगायतका संस्थाहरूले उनले नेपाली राजनीतिमा पुर्‍याएको योगदानको स्मरणमा कार्यक्रम गर्दैछन् ।

राणाशासनविरोधी आन्दोलनमा विराटनगर जुटमिलमा मजदुर आन्दोलनको अगुवाइ गर्दै राजनीतिमा होमिएको स्वर्गीय कोइराला पटक-पटक मुलुकको प्रधानमन्त्री बनेका थिए ।

२०६२-६३ को जनआन्दोलनमार्फत संसद पुनःस्थापना गराउन, बृहत शान्ति सम्झौता मार्फत् माओवादी सशस्त्र युद्धको अन्त्य

गराउन र संविधानसभाको निर्वाचनमार्फत् संघीय लोकतान्त्रिक गणतन्त्र सुनिश्चित गर्न कोइरालाको भूमिका स्मरणीय ५ ।

२०५३ सालमा नेपाली कांग्रेसको सभापति निर्वाचित भएका कोइराला तीन कार्यकालसम्म कांग्रेसको सभापति रहेका थिए ।

कोइराला शान्तिप्रक्रिया र संविधान निर्माण प्रक्रियाका सुत्रधार मानिन्छन् । उनको २०६६ साल चैत ७ गते मण्डिखाटारमा निधन भएको थियो ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय