मङ्लबार, जेष्ठ १६, २०८० | Tuesday 30th May 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • महिलालाई जिउँदै खाल्डोमा पुर्ने डोजर चालक कञ्चनपुरबाट फक्राउ
भर्खरै

महिलालाई जिउँदै खाल्डोमा पुर्ने डोजर चालक कञ्चनपुरबाट फक्राउ

  • सिधा दृष्टी शुक्रबार, चैत्र ६, २०७७ | March 19, 2021

एक्स्काभेटर (डोजर) को ठक्करबाट घाइते भएकी एक महिलालाई जिउँदै पुर्ने चालकलाई पक्राउ गरिएको छ ।
धादिङकी त्रिपुरासुन्दरी–१ सल्यानटारकी स्थानीय ४५ वर्षीया सरस्वती कुमाललाई ठक्कर दिएर खाल्डोमा पुर्ने गोजर

चालक भीमबहादुर बुढाथोकीलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले कञ्चनपुरबाट पक्राउ गरेको हो ।

घाँसको भारी बोकेर आएकी कुमालललाई डोजरले ठक्कर दिएपछि खाल्डोमा खसेकी थिइन् । डोजरको ठक्करले खाल्डोमा खसेकी कुमाललाई उद्धार गर्नुको साट्टो चालक बुढाथोकीले खाल्डोको वरिपरिको माटो खनेर पुरिदिएका थिए । तर, यहीँ समयमा काठमाडौंबाट सल्यानटार हुँदै आरुघाटतर्फ आउँदै गरेको बसका यात्रुले जिउँदै मान्छेलाई पुरेको देखेपछि खैलाबैला गरेको थियो ।
‘डोजरले मान्छे पुर्यो’ भन्दै हल्ला भएपछि चालक बुढाथोकी फरार भएका थिए । त्यसपछि खाना खाँदै गरेका मजदुरले खाल्डो खनेर कुमालको शव झिकेका थिए ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय