सोमवार, अशोज १७, २०७९ | Monday 3rd October 2022
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • कोरोनाका कारण पूँजीगत खर्च कम भएको अर्थ मन्त्रालयको जानकारी
भर्खरै

कोरोनाका कारण पूँजीगत खर्च कम भएको अर्थ मन्त्रालयको जानकारी

  • सिधा दृष्टी बिहिबार, चैत्र ५, २०७७ | March 18, 2021

काठमाडौँ । अर्थ मन्त्रालयले कोभिड–१९ संक्रमणको जोखिमका कारण विकास निर्माणका कार्यले गति लिन नसक्दा अपेक्षित पूँजीगत खर्च हुन नसकेको जनाएको छ ।

मन्त्रालयले अर्थ बुलेटिन सार्वजनिक गर्दै चालु आर्थिक वर्ष २०७७र७८ को माघ महिनासम्म विकास खर्च न्युन हुनुमा कोभिड-१९ महामारी नै मुख्य कारण भएको बताएको हो ।

अर्थ मन्त्रालयका अनुसार माघ महिनासम्म १७.८ प्रतिशत मात्र पूँजीगत खर्च भएको छ । यस अवधिमा चालु खर्चमा भने ११.२ प्रतिशतको वृद्धि भएपनि पुँजीगत खर्च गत आवको यसै अवधिको तुलनामा १८.७ प्रतिशत कम भएको

छ । वित्तीय व्यवस्थामा समेत गत आवको तुलनामा यो वर्ष ३१.७ प्रतिशत कम खर्च भएको छ ।

मन्त्रालयले भनेको छ, ‘खासगरी कोभिड १९ संक्रमणको जोखिमका कारण विकास निर्माणले गति लिन नसकेको कारण पुँजीगत खर्चले अपेक्षित गति लिन सकेको छैन ।’ यसअवधिमा कुल संघीय खर्च भने ३३.८८ प्रतिशत भएको छ ।

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय