आइतवार, जेष्ठ २१, २०८० | Sunday 4th June 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • बलिउड अभिनेता सतीश कौशिकलाई कोरोना संक्रमण
भर्खरै

बलिउड अभिनेता सतीश कौशिकलाई कोरोना संक्रमण

  • सिधा दृष्टी बिहिबार, चैत्र ५, २०७७ | March 18, 2021

मुम्बई, एजेन्सी । बलिउड अभिनेता सतीश कौशिकलाई कोरोना संक्रमण भएको छ । उनले सामाजिक सञ्जालमार्फत आफ्नो कोरोना टेस्टको रिपोर्ट पोजेटिभ आएको जानकारी दिएका हुन् ।

दैनिक जागरणमा प्रकाशित समाचारअनुसार उनले आफूसँग सम्पर्कमा आए व्यक्तिहरुलाई कोरोना टेस्ट गर्न आग्रह गरेका छन् ।

‘म घरमै आफूलाई क्वारेन्टाइनमा राखेको छु । मेरो स्वास्थ्य अवस्थामा चिन्ता व्यक्त गर्नुहुने सबैमा आभार व्यक्त गर्दछु’, उनले भनेका छन् ।

प्रायः कमेडी फ्लेभरका फिल्ममा देखिने सतीशले कैयौं फिल्मको निर्देशन पनि गरेका छन् । बलिउडमा यसअघि मनोज वाजपेयी, तारा

सुतारिया, रणवीर कपूर र सञ्जय लीला भन्सालीलगायतलाई कोरोना संक्रमण भइसकेको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय