शनिबार, जेष्ठ २०, २०८० | Saturday 3rd June 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • सिन्धुली पुगेका प्रचण्डलाई भेट्न कार्यकर्ताको भीड
भर्खरै

सिन्धुली पुगेका प्रचण्डलाई भेट्न कार्यकर्ताको भीड

  • सिधा दृष्टी बुधबार, चैत्र ४, २०७७ | March 17, 2021

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सिन्धुली गएका छन् । उनी ‘रि–फ्रेस’ हुनका लागि बुधबार सिन्धुली गएको जनाइएको छ । पत्नी सीता दाहाल, प्रमुख स्वकीय सचिव जोखबहादुर महराका साथमा उनी सिन्धुली पुगेका हुन् ।

प्रचण्ड सिन्धुली पुगेपनि कुनै औपचारिक कार्यक्रम भने नभएको माओवादी केन्द्रका नेता हरिबोल गजुरेलले जानकारी दिए ।

नेता गजुरेलले आफ्नै निवासमा प्रचण्डलाई बस्ने व्यवस्था मिलाइएको समेत बताए । प्रचण्ड सिन्धुली आएको र नेता गजुरेलको निवास ढुंग्रेबासमा बास बसेको जानकारीपछि त्यहाँ स्थानीय नेता कार्यकर्ताको भेला

भएका छन् ।
अध्यक्ष प्रचण्डलाई जिल्ला पार्टी अध्यक्ष राजन दाहाल लगायत नेता, कार्यकर्ताले स्वागत गरेका थिए ।

प्रचण्ड भोलि बिहान सिन्धुलीको रातमाटामा ८ बजे हुने कार्यकर्ता भेटघाटमा सहभागी हुने नेकपा माओवादीका सिन्धुली अध्यक्ष राजन दाहालले जानकारी दिए ।

उनी बेला-बेलामा ‘रि-फ्रेस’ हुनका लागि कहिले सिन्धुली त, कहिले सिन्धुपाल्चोकतिर पुग्ने गरेका छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय