शनिबार, जेष्ठ २०, २०८० | Saturday 3rd June 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • इन्धनमा भएको मुल्यवृद्धिको सशक्त प्रतिरोध गर्न नेविसंघको अपिल
भर्खरै

इन्धनमा भएको मुल्यवृद्धिको सशक्त प्रतिरोध गर्न नेविसंघको अपिल

  • सिधा दृष्टी बुधबार, चैत्र ४, २०७७ | March 17, 2021

काठमाडौं । नेपाल विद्यार्थी संघले सरकारविरुद्ध सशक्त प्रतिरोध गर्न अपिल गरेको छ। पटकपटक मूल्यवृद्धि गर्दै उपभोक्तालाई चरम शोषण गरेको भन्दै सरकारविरुद्ध सशक्त प्रतिरोध गर्न अपिल गरेको हो। संघका संघका अध्यक्ष राजिब ढुंगानाले बुधबार एक विज्ञप्ति जारी गर्दै भ्रष्टाचारमा निर्लिप्त ओली सरकारले फेरि पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेर गरिब जनताको ढाड सेक्ने र चुलो बन्द गराउने काम गरेको आरोप लगाएका छन्।

ुमहिनामै कयौंपटक मात्र होइन हप्तैपिच्छे मूल्य बढाएर जनतामाथि बर्बरतापूर्वक लुट्न उद्यत भ्रष्ट सरकारको नियत दिनप्रतिदिन उदाङ्गो भएको छ। यस्ता उपभोक्तालाई चरम

शोषण गर्ने सरकारविरुद्ध सशक्त प्रतिरोध गर्न अपिल गर्दछौं,ु उनले भनेका छन्।संघका महामन्त्री बलदेव तिमल्सिनाले पेट्रोलियम पदार्थमा गरेको मूल्यवृद्धि तुरुन्त फिर्ता गराउन र सरकारकाविरुद्ध कडा आन्दोलनमा उत्रिन आग्रह गरेका छन्।

नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य लिटरमा २–२ रुपैयाँ बढाएको छ। योसँगै एक लिटर पेट्रोलको ११८ रुपैयाँ तथा डिजेल र मट्टितेल प्रतिलिटर १०१ रुपैयाँ पर्नेछ। निगमले आन्तरिक तर्फ हवाइ इन्धन प्रतिलिटर रु २ बढाएर ७४ रुपैयाँ बनाएको छ। निगमले ग्यास र हवाइ इन्धन (अन्तर्राष्ट्रियतर्फ) को मूल्य भने यथावत राखेको छ।

यसअघि निगमले फागुन १७ मा पनि पेट्रोलियम पदार्थको मूल्य बढाएको थियो। त्यसअघि पनि निगमले अन्तर्राष्ट्रिय बजारमै मूल्य वृद्धि भएको भन्दै भाउ बढाउँदै आएको थियो। निगमले बढाएको मूल्य मंगलबार मध्यरातिदेखि लागू हुने जनाइएको छ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय