बुधबार, अशोज १२, २०७९ | Wednesday 28th September 2022
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • सिन्धुलीमा जिप दुर्घटना, चार को मृत्यु, सात जना घाइते
भर्खरै

सिन्धुलीमा जिप दुर्घटना, चार को मृत्यु, सात जना घाइते

  • सिधा दृष्टी मङ्लबार, चैत्र ३, २०७७ | March 16, 2021

सिन्धुलीमा मंगलबार दिउँसो जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । ७ जना घाइते भएका छन् ।

सदरमुकामबाट कमलामाई नगरपालिका-७ बाँसकटेरी गइरहेको बा १७ च १११७ जिप घुम्ती मोड्ने क्रममा दुर्घटना भएको नगरपालिकाका मेयर खड्गबहादुर खत्रीले जानकारी दिए ।

मृत्यु हुनेहरुमा कमलामाई-७का ६५ वर्षीय रुद्रबहादुर थापा,१८ वर्षीया रिता यसमाली,१९ वर्षीया दुर्गा श्रेष्ठ र उनको दुई वर्षको छोरा मनिष श्रेष्ठ रहेको सिन्धुलीका प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेले बताए ।

 

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय