सोमवार, अशोज १७, २०७९ | Monday 3rd October 2022
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • प्याराग्लाइडिङ दुर्घटनामा सैनिक जवानको मृत्यु
भर्खरै

प्याराग्लाइडिङ दुर्घटनामा सैनिक जवानको मृत्यु

  • सिधा दृष्टी मङ्लबार, चैत्र ३, २०७७ | March 16, 2021

पोखरामा प्याराग्लाइडिङ प्रशिक्षणका क्रममा दुर्घटनामा परी नेपाली सेनाका एक जवानको मृत्यु भएको छ ।

सेनाले पोखरामा सञ्चालन गरिरहेको प्याराग्लाइडिङ तालिमका क्रममा सोमबार दिउँसो २:१५ बजे फेवातालमा खसेका धादिङ नीलकण्ठ नगरपालिका घर भएका सैनिक जवान २३ वर्षीय राजाराम मगरको साँझ उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्तासमेत रहेका प्रहरी नायब उपरीक्षक सुवास हमालले जानकारी दिए ।

उनका अनुसार दुर्घटनालगत्तै सेना र सशस्त्र प्रहरीले मगरलाई उद्धार गरी पोखरा–११ रानीपौवास्थित सैनिक अस्पताल पुर्‍यएकामा उपचारका क्रममा साँझ ४:४५ बजे निधन भएको

हो । उनी सेनाको कालीजङ्ग गणमा कार्यरतरहेका बताइएको छ । मृतकको शव सैनिक अस्पतालमा नै रहेको र परिवारका सदस्य पुगेपछि बुझाइने प्रहरीले जनाएको छ ।

symbolic image

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय