बुधबार, अशोज १२, २०७९ | Wednesday 28th September 2022
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • महाशिवरात्रिको रौनक : गङ्गामा लाखौंले गरे ‘शाही स्नान’
भर्खरै

महाशिवरात्रिको रौनक : गङ्गामा लाखौंले गरे ‘शाही स्नान’

  • सिधा दृष्टी बिहिबार, फाल्गुन २७, २०७७ | March 11, 2021

हिन्दु धर्मावलम्बीहरुको महान पर्व महाशिवरात्रिका अवसरमा बिहीबार भारतको उत्तराखण्डको हरिद्वारस्थित हर की पौरी घाटमा लाखौँ श्रद्धालुले स्नान गरेका छन् ।

उक्त “शाही स्नान”लाई व्यवस्थित तुल्याउन कडा सुरक्षा व्यवस्था गरिएको थियो । हरिद्वार कुम्भमेला प्रशासनका अधिकारीहरुले यहाँ पाँच हजारभन्दा बढी सुरक्षाकर्मी, सयौं सिसिटिभी र ड्रोनको व्यवस्था गरिएको जानकारी दिएका एएनआईले जनाएको छ ।

सन् २०२१ को कुम्भ मेलाको यो पहिलो शाही स्नान हो । प्रमुख कार्यक्रमहरुको कार्यसूचीअनुसार यस वर्ष हरिद्वारमा चार पटक “शाही स्नान” र नौ पटक ‘गङ्गा स्नान’

हुनेछ ।

हरिद्वारको कुम्भमेलाको व्यवस्थापनमा खटिएका प्रहरी महानिरीक्षक सन्जय गुन्ज्यालले बिहीबार दिउँसोसम्ममै २२ लाख श्रद्धालुले स्नान गरिसकेको जानकारी दिए । उत्तराखण्डका नवनियुक्त मुख्यमन्त्री तिरथ सिंह रावतले महाशिवरात्रिमा सहभागी हुने श्रद्धालुको स्वागतका लागि हेलिकप्टरबाट पुष्पवृष्टि गर्न स्थानीय प्रशासनलाई निर्देशन दिएका थिए ।

कोरोनाभाइरस महामारीका कारण हरिद्वारमा यस वर्ष कुम्भमेला आगामी अप्रिल १ देखि अप्रिल ३० सम्म एक महिना गर्ने गरी तय भएको छ । महाशिवरात्रिको स्नानलाई पनि कुम्भमेलाकै एक भागका रुपमा लिइएको छ ।

महाशिवरात्रिलाई हिन्दुहरुले शिवालयहरुमा पूजापाठ र स्नान गरी निकै महत्वका साथ मनाउने गर्दछन् ।

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय