सोमवार, जेष्ठ १५, २०८० | Monday 29th May 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • विभागीय टोली एपीएफ क्लब काठमाडौं मेयर्स कप क्रिकेटको फाइनलमा
भर्खरै

विभागीय टोली एपीएफ क्लब काठमाडौं मेयर्स कप क्रिकेटको फाइनलमा

  • सिधा दृष्टी बिहिबार, फाल्गुन २७, २०७७ | March 11, 2021

काठमाडौं । विभागीय टोली एपीएफ क्लब काठमाडौं मेयर्स कप क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

बिहीबार भएको लिग चरणको आफ्नो अन्तिम खेलमा काठमाडौं मेयर-११ लाई ७ विकेटले पराजित गर्दै एपीएफ फाइनल पुगेको हो ।अब एपीएफले फाइनलमा अर्को विभागीय टिम नेपाल पुलिस क्लबसँग खेल्नेछ । फाइनल खेल शनिबार हुनेछ ।

मुलपानी क्रिकेट मैदान काठमाडौंले दिएको १७८ रनको लक्ष्य एपीएफले ४४.१ ओभरमा ३ विकेट गुमाएर पूरा गरेको हो ।

एपीएफको जितमा सन्दीप जोरा र कप्तान शरद भेषवाकरले अर्धशतक प्रहार गरे ।

शरदले अविजित६१ रन बनाए । सन्दिप ६२ रनमा अविजित रहे । यस्तै शंकर रानाले ३१ र भुवन कार्कीले ११ रन बनाए ।

काठमाडौंका कप्तान सन्दीप लामिछाने, अनुज चुनारा र अनिल खरेलले १-१ विकेट लिए ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको काठमाडौंले ४८.५ ओभरमा अलआउट हुँदै १७८ रन बनाएको थियो ।

काठमाडौंका लागि सन्दीप रजालीले सर्वाधिक ४८ रन बनाए । यस्तै हरिशंकर साहले ३६ र बिक्रम भुसालले २० रन जोडे ।

एपीएफका कमल सिंह ऐरी र अभपनास बोहराले ३-३ विकेट लिए । लिग चरणमा एपीएफले तेस्रो जित हात पार्दै ४ खेलबाट ६ अंक जोड्यो ।

पुलिसले पनि ४ मध्ये ३ खेलमा जितसहित ६ अंक जोडेर फाइनलमा पक्का गरेको हो । पुलिस नेट रन रेटको आधारमा अघि छ ।

एपीएफ फाइनल पुगेपछि आर्मी, बागमती र काठमाडौं लिगबाटै बाहिरिएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय