शनिबार, जेष्ठ २०, २०८० | Saturday 3rd June 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • पछिल्लो २४ घण्टामा ९७ जना कोरोना संक्रमित थपिए
भर्खरै

पछिल्लो २४ घण्टामा ९७ जना कोरोना संक्रमित थपिए

  • सिधा दृष्टी बिहिबार, फाल्गुन २७, २०७७ | March 11, 2021

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप ९७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या २ लाख ७५ हजार ७० पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म कोरोनाका सक्रिय संक्रमितको संख्या ९४२ रहेको छ ।

पछिल्लो २४ घण्टामा थप ६६ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म २ लाख ७१ हजार ११६ पुगेको छ ।

उनीहरू देशका विभिन्न स्थानका अस्पताल तथा होम आइसोलेसनबाट संक्रमणमुक्त भएको

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो।

नेपालमा पछिल्लो २४ घण्टामा कुनै पनि कोरोना भाइरस संक्रमितको मृत्यु नभएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

नेपालमा हालसम्म कोरोनाले ज्यान गुमाउनेको संख्या ३ हजार १२ पुगेको छ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय