शुक्रबार, अशोज २१, २०७९ | Friday 7th October 2022
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • बुढानिलकण्ठ धर्मशालाको पुर्ननिर्माण सुरु, भारतको ५.८ अर्ब रुपैयाँ सहयोग
भर्खरै

बुढानिलकण्ठ धर्मशालाको पुर्ननिर्माण सुरु, भारतको ५.८ अर्ब रुपैयाँ सहयोग

  • सिधा दृष्टी बिहिबार, फाल्गुन २७, २०७७ | March 11, 2021

काठमाडौँ । बुढानिलकण्ठ धर्मशालाको पुनर्निर्माण शुरू भएको छ । भारत सरकारको आर्थिक लगानीमा निर्माण गर्न लागिएको धर्मशालाको एक कार्यक्रमकाबीच शिलान्यास भएको छ ।

धर्मशाला पुनर्निर्माणको भारतीय राजदूतावासका नियोग उपप्रमुख नामग्य सी खम्पा र राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले संयुक्त रुपमा शिलान्यास गरेका छन् ।
शिलान्यासका अवसरमा आयोजित कार्यक्रममा मन्दिरका मठाधिस स्वामी निगमानन्द, बुढानिलकण्ठ व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मण खड्का, राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सचिव मणिलाल गेलाल, भूमि सुधार तथा व्यवस्थापन मन्त्रालयका सचिव टेक नारायण पाण्डे, अख्तियार दुरुपयोग अनुसन्धान

आयोगका प्रमुख आयुक्त जय बहादुर चन्द, बुढानिलकण्ठ नगरपालिकाका मेयर उद्धव प्रसाद खरेल, विश्व हिन्दु महासंघका अध्यक्ष चक्र बन्धु अर्याल लगायत भारतीय राजदूतावास तथा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका पदाधिकारीको उपस्थिति थियो ।

यो धर्मशालाको पुनर्निर्माण गर्न भारत सरकारले ५.८ अर्ब रुपैयाँ आर्थिक सहयोग गरेको छ । भारतले विगतदेखि नै सांस्कृतिक सम्पदा संरक्षण एवम् पुनस्र्थापनाका लागि नेपालसँग मिलेर काम गर्दै आएको छ ।

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय