सोमवार, अशोज १७, २०७९ | Monday 3rd October 2022
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • नेपाल समूहका नेता आन्तरिक छलफलमा
भर्खरै

नेपाल समूहका नेता आन्तरिक छलफलमा

  • सिधा दृष्टी बुधबार, फाल्गुन २६, २०७७ | March 10, 2021

काठमाडौँ । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहका नेताहरु आन्तरिक छलफलमा जुटेका छन् ।

ओली पक्षसँग कसरी सहकार्य गरेर अघि बढ्ने भन्ने विषयमा नेता नेपाल समूहका नेताहरु छलफलमा जुटेको बैठकमा सहभागी एक नेताले जानकारी दिए ।

भेलामा माधव नेपाल र झलनाथ खनाल पक्षका नेता तथा केन्द्रीय सदस्य सहभागी छन् ।

एमाले पुनःस्थापना भएयता अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाल, झलनाथ खनाल लगायतका नेताहरुसँग भेटेका छैनन् ।

अध्यक्ष ओली, महासचिव ईश्वर पोखरेल, उपमहासचिव बिष्णुप्रसाद पौडेल र संसदीय दलका उपनेता सुवासचन्द्र

नेम्वाङसहितका नेताहरुले माओवादीबाट आएका नेताहरुको व्यवस्थापनमा टुंगो लगाउने गृहकार्य गरिरहेका बेला नेता नेपाल समूहका केन्द्रीय सदस्यहरु आन्तरिक छलफलमा जुटेका हुन् ।

सर्वोच्च अदालतले नेकपा एमाले र माओवादी केन्द्र बिउँतिने फैसला गरेसँगै माधवकुमार नेपाल पक्षले एमालेमै रहेर ओली प्रवृत्तिविरुद्ध संघर्ष गर्ने निर्णय गरेको छ ।

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय