सोमवार, अशोज १७, २०७९ | Monday 3rd October 2022
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • २१ अंकले घट्यो शेयर बजार परिसूचक नेप्से
भर्खरै

२१ अंकले घट्यो शेयर बजार परिसूचक नेप्से

  • सिधा दृष्टी मङ्लबार, फाल्गुन २५, २०७७ | March 9, 2021

काठमाडौं । मंगलबार नेप्से परिसूचक २३ दशमलव २२ अंकले घटेर २४६१ दशमलव ८८ अंकमा सीमित भएको छ । यो दिन १ करोड २४ लाख ८२ हजार ४ सय २८ कित्ता शेयर ४ अर्ब ७५ करोड २७ लाख ८ हजार १ सय ४७ रुपैयाँमा कारोबार भएको छ ।

यो दिन होटल तथा पर्यटन उपसमूह २ दशमलव ९८, जलविद्युत् १ दशमलव ८ र म्युचुअल फण्डको ० दशमलव ०७ प्रतिशतले शेयरमूल्य बढेको छ ।

आज सबैभन्दा बढी कमाउने शीर्ष पाँच कम्पनीमा हिमालयन ऊर्जा

विकास कम्पनी, चन्द्रागिरि हिल्स, नेपाल हाइड्रो डेपलपर्स, राइराङ हाइड्रो डेभलपमेन्ट र युनाइटेड फाइनान्स छन् ।

त्यसैगरी सबैभन्दा बढी गुमाउने सपोर्ट माइक्रोफाइनान्स, पोखरा फाइनान्स, नारायणी डेभलपमेण्ट बैंक, ग्लोबल आईएमई बैंक र महिला लघुवित्त वित्तीय संस्था छन् ।

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय