सोमवार, जेष्ठ १५, २०८० | Monday 29th May 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • नेपालमा कुल इन्टरनेट प्रयोगकर्ता ८३ प्रतिशत पुगे
भर्खरै

नेपालमा कुल इन्टरनेट प्रयोगकर्ता ८३ प्रतिशत पुगे

  • सिधा दृष्टी मङ्लबार, फाल्गुन २५, २०७७ | March 9, 2021

काठमाडौँ । नेपालमा पछिल्लो समय इन्टरनेट प्रयोगकर्ताको संख्या बढ्दै गएको छ । नेपालमा दुई करोड ४७ लाख ३५ हजार जनसङ्ख्याका पहुँचमा इन्टरनेट सेवा पहुँच पुगेको तथ्यांकले देखाएको छ ।

नेपाल दूरसञ्चार प्राधिकरणले हालै यहाँ सार्वजनिक गरेको चालु आर्थिक वर्षको छ महिनाको तथ्याङ्क अुनसार मङ्सिर मसान्तका तुलनामा पुस महिनामा तीन लाख ८८ हजार बढी प्रयोगकर्ता थपिएका छन् । मङ्सिरमा कूल २ करोड ४३ लाख ४७ हजार १५७ जनाको पहुँचमा इन्टरनेट सेवा थियो ।

कूल जनसङ्ख्यामध्ये ८२ दशमलव ७९ प्रतिशत जनताका पहुँचमा

इन्टरनेट सेवा पुगेको तथ्याङ्कमा उल्लेख छ । प्राधिकरणले जनसङ्ख्या प्रक्षेपण (२०११–२०३०) लाई आधार मानेर प्रतिवेदन तयार पारेको हो । प्रतिवेदनमा प्राधिकरणले नेपालको कूल जनसङ्ख्या दुई करोड ९८ लाख ७६ हजार ५३१ लाई आधार बनाएको छ ।

प्राधिकरणको तथ्याङ्क अनुसार सबैभन्दा धेरै योगदान मोबाइल इन्टरनेटको रहेको छ । गत पुससम्म मोबाइल इन्टरनेटको हिस्सा ६० दशमलव ३४ प्रतिशत छ । एक करोड १२ लाख बढीको पहुँचमा थ्रिजी इन्टरनेट पुगेको र यसमा सबैभन्दा धेरै नेपाल टेलिकमको ८६ लाख ३४ हजार र एनसेलको २५ लाख ६६ हजार रहेको जनाइएको छ । त्यस्तै फोरजी प्रयोगकर्ता ६६ लाख ८९ हजार १०३ र इभिडियो प्रयोगकर्ता १ लाख ३६ हजार पाँच सय ७३ रहेका छन् ।

प्राधिकरणको तथ्याङ्क अनुसार फोरजीको प्रयोगकर्तामध्ये सबैभन्दा धेरै एनसेलका रहेका छन् । गत पुस मसान्तसम्म एनसेलका फोरजी प्रयोगकर्ता ४० लाख ८६ हजार १३९ रहेका छन् । नेपाल टेलिकमका फोरजी प्रयोगकर्ता २३ लाख ८३ हजार २५६ र स्मार्ट टेलिकमका २ लाख १९ हजार रहेका छन् । यस्तै फिक्स ब्रोडब्याण्डको हिस्सा २१ दशमलव ६८ प्रतिशत छ । यसमा एडिएसएलका ८ लाख ६४ हजार र एफटिटिएच इन्टरनेट ५६ लाख ११ हजार रहेका छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय