बुधबार, अशोज १२, २०७९ | Wednesday 28th September 2022
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • काँग्रेस महामन्त्री खड्काले कार्यकर्तालाई भने – सरकारमा जाने बेला भएको छैन, धैर्य गरौं
भर्खरै

काँग्रेस महामन्त्री खड्काले कार्यकर्तालाई भने – सरकारमा जाने बेला भएको छैन, धैर्य गरौं

  • सिधा दृष्टी मङ्लबार, फाल्गुन २५, २०७७ | March 9, 2021

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस महामन्त्री पूर्णबहादुर खड्काले कांग्रेस नेता कार्यकर्तालाई धैय हुन आग्रह गरेका छन् ।

उनले कांग्रेस अहिले नै सरकारमा जाने बेला नभएको बताउँदै धैर्य गर्न नेता कार्यकर्तालाई आग्रह गरेका छन् ।

सामाजिक सञ्जालमार्फत महामन्त्री खड्काले कांग्रेसको काँधमा धैर्यता, संयमता र समयअनुसार उपयुक्त निर्णय गर्ने ऐतिहासिक दायित्व आएको बताएका छन् ।

उनले लेखेका छन्, ‘अहिले नै सरकार वा सरकार बाहिरको बहसमा प्रवेश गर्ने बेला भएको छैन, भर्खर त नयाँ खेल शुरू भएको छ । देशले कांग्रेसबाट

परिपक्वता र साहसिक निर्णय फेरि माग गर्दैछ, धैर्यवान बनूँ ।’

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय