बिहिबार, अशोज १३, २०७९ | Thursday 29th September 2022
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • मेयर्स कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा आज दुई खेल हुँने
भर्खरै

मेयर्स कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा आज दुई खेल हुँने

  • सिधा दृष्टी मङ्लबार, फाल्गुन २५, २०७७ | March 9, 2021

काठमाडौँ । काठमाडौं मेयर्स कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा आज दुई खेल हुँने भएका छन्।

त्रिवि क्रिकेट मैदानमा हुने खेलमा एपीएफ क्लब र वाग्मती प्रदेशबीच प्रतिस्पर्धा हुने छ ।

मुलपानी क्रिकेट मैदानमा हुने दोस्रो खेलमा त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबबीच खेल हुनेछ ।

वाग्मतीविरुद्ध मैदान उत्रदा एपीएफ लगातार तेस्रो जितको खोजीमा हुनेछ । एपीएफ २ खेलमा ४ अंक जोडेर शीर्ष स्थानमा रहेको छ ।

वाग्मती प्रदेश भने पहिलो जितको खोजीमा रहेको छ ।

आर्मी र पुलिस भने दोस्रो

जितको खोजीमा रहेका छन् । पहिलो खेलमा एपीएफसँग पराजित आर्मीले दोस्रो खेलमा काठमाडौं मेयर-११ लाई हराएको थियो ।

पुलिसले भने पहिलो खेलमा वाग्मतीलाई हराएको थियो । दोस्रो खेलमा पुलिस एपीएफसँग पराजित भएको थियो ।

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय