सोमवार, जेष्ठ १५, २०८० | Monday 29th May 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • प्रचण्ड -नेपाल समूहको स्थायी कमिटीको बैठक सुरु
भर्खरै

प्रचण्ड -नेपाल समूहको स्थायी कमिटीको बैठक सुरु

  • सिधा दृष्टी सोमवार, फाल्गुन २४, २०७७ | March 8, 2021

काठमाडौं । नेकपाको प्रचण्ड -नेपाल  पक्षको स्थायी कमिटी बैठक सुरु भएको छ। बैठक नेकपा कार्यालय पेरिसडाँडामा जारी छ। सर्वोच्च अदालतको फैसलापछि उत्पन्न राजनीतिक जटिलता र आगामी रणनीतिबारे छलफल गर्न प्रचण्ड -नेपाल पक्षले स्थायी कमिटी बैठक बोलाएको हो।बैठकमा सर्वोच्चको हिजोको फैसलापछिको परिस्थतिबारे छलफल हुने बताइएको छ। सर्वोच्चले नेकपाको नाम ऋषि कट्टेल अध्यक्ष रहेको पार्टीलाई दिएर तत्कालीन एमाले र माओवादी केन्द्रबीच भएको एकता बदर गरिदिएको छ।
आजको बैठकले अब कानुनी प्रक्रियामा जाने वा नजाने भन्ने निर्णय गर्ने प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए।

प्रचण्ड(नेपाल समूहले फैसलापछिको अवस्थाबारे हिजै कानुन व्यवसायीसँग छलफल गरेको थियो।

स्थायी कमिटीको बैठकअघि माधवकुमार नेपालले पूर्वएमालेका आफूपक्षीय स्थायी कमिटीका सदस्यहरूसँग अनौपचारिक छलफल गरेका थिए।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय