शनिबार, जेष्ठ २०, २०८० | Saturday 3rd June 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • यस वर्षको सेना दिवसमा सांस्कृतिक कार्यक्रम नहुने
भर्खरै

यस वर्षको सेना दिवसमा सांस्कृतिक कार्यक्रम नहुने

  • सिधा दृष्टी सोमवार, फाल्गुन २४, २०७७ | March 8, 2021

काठमाडौँ । यस वर्ष सेनाको दिवसमा सांस्कृतिक कार्यक्रम नहुने भएको छ ।

कोरोनाको महामारीलाई ध्यानमा राख्दै यसपटकको महाशिवरात्री तथा सेना दिवसमा विगतमा जस्तो भोज तथा सांस्कृतिक कार्यक्रम नगरिने सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालय जनाएको छ ।

निर्देशनालयका अनुसार २७ फागुनमा महाशिवरात्री तथा सेना दिवस–२०७७ को अवसरमा नेपाली सेनाले काठमाडौको सैनिक मञ्च, टुँडिखेलमा मुख्य समारोहमा १२ सय फौज घटाइएको छ ।

यसअघि सेना दिवसको अवसरमा ३ हजार भन्दा बढी सय फौज परिचालन हुँदै आएका थिए ।

सेनाले फागुन २६ मा वीर

स्मारक, छाउनीमा प्रधान सेनापतिबाट नेपाली सेनाका विरगति प्राप्त गर्ने सकलदर्जाहरु प्रति श्रद्धाञ्जली अर्पण गर्ने तथा वीरगति प्राप्त सकलदर्जाका एकल महिलाहरुलाई सम्मान गर्ने कार्यक्रम राखेको छ।

यस्तै २७ फागुजनमा सैनिक मन्च, टुँडिखेलमा राष्ट्रपतिको प्रमुख आतिथ्यमा बख्तरबन्द गाडी तथा विभिन्न हतियार तथा ईक्युप्मेन्टहरुको प्रदर्शन, ब्याण्ड डिस्प्ले, नेपाली सेनाका हेलिकप्टरहरुबाट नेपालको राष्ट्रिय झण्डा र सेना दिवस–२०७७ लेखिएको ब्यानर प्रदर्शन र पुष्पबृष्टि तथा हवाइ जहाजहरुबाट पाराजम्प प्रदर्शनलाई भने निरन्तरता दिइने छ ।

 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय