सोमवार, जेष्ठ १५, २०८० | Monday 29th May 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • साताको पहिलो दिन शेयर बजार नेप्से २१ अंकले घट्यो
भर्खरै

साताको पहिलो दिन शेयर बजार नेप्से २१ अंकले घट्यो

  • सिधा दृष्टी आइतवार, फाल्गुन २३, २०७७ | March 7, 2021

काठमाडौँ । साताको पहिलो दिन शेयर बजार नेप्से २१.५८ अंकले घटेको छ । ०.८६ प्रतिशतले घटेर नेप्से २४८५.०९ बिन्दुमा पुगेको हो ।

होटल तथा पर्यटन समूह र जलविद्युत समूहबाहेक सबै समूहका परिसूचक घटेका छन् । होटल समूहमा २.२४ प्रतिशतले वृद्धि भएको छ । जलविद्युत समूहमा ०.९२ प्रतिशतले बढेको थियो ।

सबैभन्दा ठूलो गिरावट ट्रेडिङ समूहमा देखिएको छ । साल्ट ट्रेडिङ कर्पोरेशन र नेशनल हाइड्रोपावर कम्पनीको शेयर मूल्य ५ प्रतिशतका दरले घटेको छ ।

नेशनल हाइड्रोपावर कम्पनीको सेयर मूल्य ५.५२ प्रतिशतले

घटेर सेयर मूल्य प्रतिकित्ता १५४ रुपैयाँमा झरेको छ भने साल्ट ट्रेडिङ कर्पोरेशनको सेयर मूल्य ५ प्रतिशतले घटेर प्रतिकित्ता १० हजार ४५० रुपैयाँमा पुगेको छ ।

चन्द्रागिरी हिल्स, नेपाल हाइड्रो डेभलपर, रैराङ हाइड्रोपावरको सेयर मूल्यमा उच्च दरमा वृद्धि भएको छ । पाँच अर्ब रुपैयाँ कारोबार रकम पुगेको छ । ५३ हजार ९ सय ७० पटकको कारोबारमा १ करोड १७ लाख ७८ हजार ८ सय २० कित्ता सेयर किनबेच भएको छ ।

सबैभन्दा बढी निफ्राको कारोबार भएको छ । यसको ४२ करोड ७८ लाख रुपैयाँ बराबर कारोबार भएको छ । त्यसपछि नेपाल बैंक र अप्पर तामाकोशीको सेयर किनबेच भएको छ । यो सँगै सेयर बजारको पुँजीकरण ३४ खर्ब २४ अर्ब रुपैयाँ पुगेको छ ।

 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय