बुधबार, अशोज १२, २०७९ | Wednesday 28th September 2022
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • भारतमा कोरोना संक्रमितको कुल संख्या १ करोड १२ लाख नाघ्यो
भर्खरै

भारतमा कोरोना संक्रमितको कुल संख्या १ करोड १२ लाख नाघ्यो

  • सिधा दृष्टी आइतवार, फाल्गुन २३, २०७७ | March 7, 2021

काठमाडौँ । छिमेकी देश भारतमा कोरोना संक्रमितको कुल संख्या भारतमा १ करोड १२ लाख नाघेको छ ।

पछिल्लो २४ घण्टामा त्यहाँ १८ हजार ७१६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो वृद्धिसँगै भारतमा संक्रमितको संख्या १ करोड १२ लाख १० हजार ५८० पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप ९८ जनाको मृत्यु भएको छ । योसँगै भारतमा कोरोनाले ज्यान गुमाउनेको संख्या १ लाख ५७ हजार ७९१ पुगेको छ ।

यो समाचार तयार पार्दासम्म भारतमा १ करोड ८ लाख

६६ हजार ६३६ जना संक्रमणमुक्त भएका छन् । अब भारतमा सक्रिय संक्रमितको संख्या १ लाख ८६ हजार २५३ छ ।

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय