सोमवार, अशोज १७, २०७९ | Monday 3rd October 2022
जोडिनुहोस
Trending
भर्खरै

लगातार घटेको सूनको भाउ आज बढ्यो

  • सिधा दृष्टी आइतवार, फाल्गुन २३, २०७७ | March 7, 2021

काठमाडौँ । स्थानीय बजारमा आज पहेंलो धातुको मूल्य पुनः उकालो लागेको छ ।

अघिल्लो साता लगातार ओरालो लागेको सुनको मूल्य आज साताको पहिलो दिन नै तोलमा ५०० रुपैयाँ ले वृद्धि भएको छ ।

मूल्य उकालो लाग्ने क्रममा आज छापावाला सुन तोलामा ८६ हजार १०० रुपैयाँ मूल्य निर्धारण भएको छ ।

छापावाला सुन तोलामा शुक्रबार ८५ हजार ६०० रुपैयाँ मा कारोवार भएको थियो । यस्तै तेजाबी सुन पनि तोलामा ५०० रुपैयाँ ले नै उकालो लागेको छ ।

तोलामा ८५ हजार १५०

रुपैयाँ मा शुक्रबार कारोवार भएको तेजाबी सुन आजका लागि भने ८५ हजार ६५० रुपैयाँ मूल्य निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

त्यस्तै चाँदीको मूल्य भने आज स्थिर छ । चाँदी तोलामा एक हजार २५० रुपैयाँ मा कारोवार हुनेछ ।

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय