सोमवार, अशोज १७, २०७९ | Monday 3rd October 2022
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • प्रधानमन्त्री ओलीले लगाए कोरोना विरद्धको खोप
भर्खरै

प्रधानमन्त्री ओलीले लगाए कोरोना विरद्धको खोप

  • सिधा दृष्टी आइतवार, फाल्गुन २३, २०७७ | March 7, 2021
file photo

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस विरुद्धको खोप लगाएका छन् ।

प्रधानमन्त्री ओली खोप लगाउन महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल पुगेका थिए । साथमा प्रधानमन्त्री ओलीकी पत्नी राधिका शाक्यले पनि खोप लगाएकी छन् ।

प्रधानमन्त्री ओलीले आज कोरोना विरुद्धको खोपको पहिलो मात्रा लगाएका हुन् ।

खोप लगाएर केहीबेर आराम गरी बाहिर निस्किएका प्रधानमन्त्री ओलीले कोरोना भाइरस पराजित गर्नका लागि खोप लगाउने अभियानमा सामेल हुन आग्रह गरेका छन् ।

प्रधानमन्त्रीसँगै शिक्षण अस्पतालमा अर्थमन्त्री विष्णु पौडेल, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र स्वास्थ्यमन्त्री हृदयस

त्रिपाठीलगायतले पनि खोप लगाएका थिए ।

आजै गृहमन्त्री रामबहादुर थापाले सशस्त्र प्रहरी अस्पताल पुगेर कोरोनाविरुद्धको खोप लगाएका छन् ।

संघीय संसदको प्रतिनिधि सभा बैठक अगाडि नै बुधबारदेखि नै सभामुख, राष्ट्रिय सभा अध्यक्षसहित सरकारका मन्त्री तथा सांसदहरुलाई खोप लगाएका छन् ।

आजैदेखि देशभर ६५ वर्षमाथिका ज्येष्ठ नागरिकलाई पनि खोप लगाउन शुरू गरिएको छ । हिमाली भेगका १५ जिल्लामा भने ५५ वर्ष माथिका नागरिकलाई पनि खोप प्रदान गरिने छ ।

दोस्रो चरणको खोप अभियान देशभरका ६ हजार खोप केन्द्रबाट सञ्चालन गरिने छ ।

भारत सरकारको अनुदानमा कोरोनाविरुद्धको खोप प्राप्त भएपछि गत माघ १४ गतेदेखि फागुन १० गतेसम्म पहिलो चरणको खोप अभियान सञ्चालन गरिएको थियो ।

पहिलो चरणमा ४ लाख २९ हजारलाई खोप प्रदान गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

 

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय