सोमवार, अशोज १७, २०७९ | Monday 3rd October 2022
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • इसायी धर्मगुरु पोप फ्रान्सीसले मुस्लिम अगुवासंग भेटे
भर्खरै

इसायी धर्मगुरु पोप फ्रान्सीसले मुस्लिम अगुवासंग भेटे

  • सिधा दृष्टी आइतवार, फाल्गुन २३, २०७७ | March 7, 2021

इराक। इसायी धर्मगुरु पोप फ्रान्सीसले सिट्टे मुस्लिम अगुवासँग सम्वन्ध सुधारको प्रयास गरेका छन् ।

मुस्लिम धार्मिक नेता अयातोल्लाह अलि सिस्तानीसँग उनले शनिबार भेटेर सम्बन्ध सुधारका लागि हात फैलाएका हुन् । उनको यो प्रयास र भेटवार्तालाई आधुनिक धार्मिक इतिहासमै एउटा ऐतिहासिक घटनाका रुपमा लिइएको छ ।

इराकको भ्रमणमा रहेका पोपले आफ्नो भ्रमणको दोस्रो दिनको बिहानै सिस्तानीलाई नाजाफमा रहेको उनकै निवासमा गएर भेटेका हुन् ।

पहिले नै हुने भनिएको भ्रमण कोरोनाभाइरसको महामारीका कारण पछाडि सरेको थियो । यो भ्रमण तथा भेटवार्ता बहुप्रतिक्षित

थियो ।

सिस्तानीलाई भेट्न पोप नाजाफ विमानस्थलमा ‌ओर्लिएका थिए । त्यहाँ उनलाई उच्च सतर्कताका साथ स्वागत गरिएको थियो ।

–एएफपी

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय