सोमवार, अशोज १७, २०७९ | Monday 3rd October 2022
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • अन्तराष्ट्रिय महिला दिवसको अवसरमा हस्तकला मेला
भर्खरै

अन्तराष्ट्रिय महिला दिवसको अवसरमा हस्तकला मेला

  • सिधा दृष्टी आइतवार, फाल्गुन २३, २०७७ | March 7, 2021

‘हस्तकलाको प्रवर्द्धन, महिला सशक्तीकरणको सम्वर्द्धन’ भन्ने नाराका साथ ललितपुरमा महिला हस्तकला मेला आयोजना गरिएको छ । अन्तराष्ट्रिय महिला दिवसको अवसर पारेर ललितपुर महानगरपालिकाको प्राङ्गणमा मेला शुरु भएको हो ।

ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनबाट उद्घाटन गरिएको मेलाले हस्तकला व्यवसायमा संलग्न लघु, घरेलु तथा साना उद्यमी व्यवसायीलाई उत्पादक, खरिदकर्ता, विक्रेता र निर्यातकर्तासँग एकै थलोमा भेला गराउने लक्ष्य राखेको छ ।

स्थानीय स्तरमा हस्तकलाको बिक्री प्रवद्र्धनका साथै अन्तर्राष्ट्रिय बजारमा समेत निर्यात तथा प्रवर्द्धन गर्ने ध्येयका साथ आफूहरूले प्रयास गरेको मेला

संयोजक तथा नेपाल हस्तकला महासङ्घका सदस्य सविता सिंहले जानकारी दिएका छन् । महिला उद्यमीबाट उत्पादित नेपाली उत्पादन, नेपालको पहिचानअनुरुप स्थानीय हस्तकला वस्तुको बजारीकरण र प्रवद्र्धनले महिलाको आर्थिक पाटोलाई समेत टेवा पुग्ने उनको धारणा छ ।

ललितपुर महानगरपालिकाका प्रमुख महर्जनले हस्तकलाका सामग्री उत्पादनलाई पुस्तान्तरण गर्न जरुरी रहेको बताउँदै अन्यथा यो पेशा सदाका लागि समाप्त हुने अवस्था आउनेतर्फ चिन्ता व्यक्त गरे ।

त्यस्तै नेपाल व्यापार प्रवद्र्धन केन्द्रका कार्यकारी निर्देशक शरदविक्रम राणाले अन्य सामग्रीभन्दा हस्तकलाका उत्पादन निरन्तर निर्यात हुने भएकाले यसको कूल ग्राहस्थ उत्पादनमा पाँच प्रतिशत रहेको दाबी गरे ।

मेलामा एकै छानामुनि प्राकृतिक रेसा केतुके, अलैँची, केरा, अल्लो र बाँसबाट निर्मित सामान, काष्ठकला, चाँदीका गरगहना तथा चाँदीका वस्तु, धातुका गरगहना, फेल्ट, क्रिष्टलका सामान रहेका छन् । यस्तै कूल ५० स्टल रहेको मेलामा काठमाडौं उपत्यकाका लघु, घरेलु उत्पादक एवं कम आय भएका महिलाले तयार पारेका सामग्री राखिएको छ ।

मेला यही फागुन २४ गतेसम्म चल्नेछ ।

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय