सोमवार, अशोज १७, २०७९ | Monday 3rd October 2022
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • नारायणगढ-मुग्लिन सडक आजदेखि दिउँसो बन्द हुने
भर्खरै

नारायणगढ-मुग्लिन सडक आजदेखि दिउँसो बन्द हुने

  • सिधा दृष्टी आइतवार, फाल्गुन २३, २०७७ | March 7, 2021

पहिरो रोकथामको बाँकी काम सम्पन्न गर्नका लागि नारायणगढ-मुग्लिन सडकखण्ड एक हप्ता दिउँसो बन्द गरिने भएको छ । आजदेखि २९ गतेसम्म एक हप्ता दिउँसो सडक बन्द गर्न लागिएको हो ।

नारायणगढ–मुग्लिन सडक आयोजनाले सूचना जारी गर्दै सडकखण्डअन्तर्गत चारकिलोमा पहिरो रोकथामका आवश्यक बाँकी काम सम्पन्न गर्नका लागि सडक बन्द गर्न लागिएको जनाएको छ । आयोजनाका इञ्जिनीयर सविना रानाभाटका अनुसार सडकखण्डमा बिहान १०ः३० देखि दिउँसो ३ः०० बजेसम्म दुईतर्फी आवागमन बन्द रहने छ । यस क्रममा अत्यावश्यक सेवाबाहेक सबै सवारी साधन रोकिने बताइएको छ

गत असार पहिलो हप्ता पहिराले बगाएको क्षेत्रमा काम गरिने जानकारी दिँदै रानाभाटले सडकखण्डमा ८५ प्रतिशत पहिरो रोकथामको काम सकिएको बताए । सो अवधिमा नारायणढतर्फबाट गएका सवारी साधनलाई जलबिरेमा र मुग्लिनतर्फबाट आएका सवारी साधनलाई शान्तिबजारमा रोकिने छ । उक्त अवधिमा वैकल्पिक सडकमार्ग प्रयोग गर्नसमेत नारायणगढ–मुग्लिन सडक आयोजनाले अनुरोध गरेको छ ।

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय