सोमवार, जेष्ठ १५, २०८० | Monday 29th May 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा मुस्कानलाई बधाई
भर्खरै

राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा मुस्कानलाई बधाई

  • सिधा दृष्टी शनिबार, फाल्गुन २२, २०७७ | March 6, 2021

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले एसिड आक्रमणविरुद्धकी अभियन्ता मुस्कान खातुनलाई अन्तर्राष्ट्रिय साहसी महिला (आईडब्ल्यूओसी) पुरस्कार प्राप्त गरेकोमा बधाई दिएकी छिन् ।

राष्ट्रपतिले मुस्कानलाई बधाई दिँदै भनेकी छिन्, 'एसिड आक्रमणको असैह्य पीडालाई शक्तिमा बदल्दै यस जघन्य अपराधविरुद्ध कडा कानुन र सजायका लागि साहसिक अभियान सञ्चालन गर्ने किशोरी मुस्कान खातुनलाई प्रतिष्ठित ‘अन्तर्राष्ट्रिय साहसी महिला पुरस्कार’ प्रदान गरिने घोषणा गरिएकोमा मुस्कान खातुनलाई हार्दिक बधाई तथा अमेरिकी सरकारलाई धन्यवाद !'

एसिड आक्रमणविरुद्धकी अभियन्ता मुस्कान खातुनले यस

वर्षको आईडब्ल्यूओसी पुरस्कार पाउने भएकी हुन् । तेजाब हमला अन्त्यतर्फ लक्षित उनको कार्यका लागि यो पुरस्कार दिने घोषणा गरिएको अमेरिकी विदेशमन्त्रालयले जनाएको छ । मुस्कान यो पुरस्कार पाउने पहिलो नेपाली हुन् । त्यस्तै उनी यो पुरस्कार पाउने सबैभन्दा कम उमेरकी व्यक्ति पनि बनेकी छिन् ।

 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय