बुधबार, अशोज १२, २०७९ | Wednesday 28th September 2022
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • तेस्रो थानकोट गोल्डकप फुटबल प्रतियोगिता २०७७ को खेल तालिका सार्वजनिक
भर्खरै

तेस्रो थानकोट गोल्डकप फुटबल प्रतियोगिता २०७७ को खेल तालिका सार्वजनिक

  • सिधा दृष्टी शनिबार, फाल्गुन २२, २०७७ | March 6, 2021

काठमाडौं । तेस्रो थानकोट गोल्डकप फुटबल प्रतियोगिता २०७७ को खेल तालिका सार्वजनिक भएको छ ।
थानकोट गोल्डक कप आयोजक कमिटीले शुक्रवार पत्रकार सम्मेलन गरी फागुन २७ गते देखि सुरु हुने खेलको तालिका सार्वजनिक गरेको हो ।

सार्वजनिक गरिएको खेल तालिका अनुसार उद्घाटन खेल वेस्टन युनाइटेड र गोर्खाज च.न.पा. ८ का बीच हुने भएको छ । प्रतियोगितामा २८ टोली सहभागी हुने आयोजकले जानकारी दिएको छ । प्रतियोगिताको बिजेताले ८० हजार रुपैयाँ नगदका साथै ट्रफी, मेडल र प्रमाण पत्र पाउने छ

भने दोस्रो हुनेले ४० हजार रुपैयाँ नगदका साथै ट्रफी, मेडल र प्रमाण पत्र पाउने छ ।

प्रतियोगितामा सबैभन्दा धेरै गोल गर्ने , उत्कष्ट गोलकिपर, उत्कृष्ट टीम लगायतका पाँच विधामा उत्कृष्ट हुनेहरुलाई पाँच – पाँच हजार नगद र ट्रफि प्रदान गरिने आयोजकको भनाइ छ ।

प्रतियोगिताको खेल तालिका सार्वजनिक गर्ने कार्यक्रममा चन्द्रागिरि नगरपालिका वडा नम्बर ४ का अध्यक्ष नेपाल तरुण दल क्षेत्र नम्बर १० का सभापति कृष्णप्रसाद खड्की, समाजसेवी बिजय श्रेष्ठका साथै युवा सजकता अभियान चन्द्रागिरि नगर संयोजक तथा नेपाल तरुण दल चन्द्रागिरि नगर प्रचार प्रसार विभाग प्रमुख अभिषेक श्रेष्ठ लगायतका विशिष्ट व्यक्तिहरुको उपस्थिति रहेको थियो ।

 

चन्द्रागिरि नगरपालिका वडा नम्बर ४ स्थित पिफिली फुटबल मैदानमा हुने खेलको समापन चैत ७ गते हुने बताइएको छ ।

 

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय