बिहिबार, अशोज १३, २०७९ | Thursday 29th September 2022
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • चितवनमा गएराति भएको आगलागीबाट ४५ लाखबराबरको क्षति
भर्खरै

चितवनमा गएराति भएको आगलागीबाट ४५ लाखबराबरको क्षति

  • सिधा दृष्टी शनिबार, फाल्गुन २२, २०७७ | March 6, 2021

चितवन । चितवनको रामपुरस्थित एक फर्निचर उद्योगमा शुक्रबार राति आगलागी भएको छ । भरतपुर महानगरपालिका–१९ रामपुरस्थित मधु सापकोटाको अनुपम फर्निचर उद्योगमा आगलागी भएको हो ।

आगलागीबाट करीब ४५ लाख बराबरको फर्निचर र काठ जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता सूर्यबहादुर थापाले जानकारी दिनुभयो । विद्युत् चुहावट भएर आगलागी भएको उहाँले बताउनुभयो ।

राति ११:१० बजे लागेको आगो १२:३५ मा नियन्त्रणमा आएको थियो । भरतपुर महानगरपालिकाको दुई र खैरहनी नगरपालिकाको एक दमकलसँगै स्थानीयवासी र प्रहरीले आगो नियन्त्रणमा लिएका छन्

-रासस

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय