• Skip this

Advertisement area

Advertisement area

होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Senjal1
मङ्लबार, बैशाख २८, २०७८ | Tuesday 11th May 2021
जोडिनुहोस
Engineering4
Real Shoes4
Era1
  • गृहपृष्‍ठ
  • भर्खरै
  • टोकियोमा सङ्कटकालको अवधि फेरि थपियो
भर्खरै

टोकियोमा सङ्कटकालको अवधि फेरि थपियो

  • सिधा दृष्टी शनिबार, फाल्गुन २२, २०७७ | March 6, 2021
yoho2

जापानको राजधानी टोकियो क्षेत्रमा सङ्कटकालको अवधि फेरि थप गरिएको छ । प्रधानमन्त्री योशिहिडे सुगाले टोकियो महानगर क्षेत्रमा सङ्कटकालको अवधि फेरि थप गरिएको शुक्रबार घोषणा गरेका हुन् ।

कोरोनाभाइरसको महामारी नियन्त्रणमा आइनसकेकाले सङ्कटकालको अवधि थप्नुपरेको उनको भनाइ छ । सङ्कटकाल आगामी मार्च २१ तारिखसम्मका लागि थप गरिएको प्रधानमन्त्री सुगाले जानकारी दिएका छन् ।

राजधानी टोकियोसँगै आसपासका कनगवा, चिबा र सैताममा पनि सङ्कटकाल लम्बिने प्रधानमन्त्री सुगाले बताए ।

कोरोना महामारी व्यवस्थापनका लागि सरकारले गठन गरेको ‘टास्क फोर्स’सँगको परामर्शका आधारमा उहाँले

Real Shoes 1

सङ्कटकाल लम्ब्याउने निर्णय गर्नुभएको हो । प्रधानमन्त्री सुगाले सङ्कटकालको म्याद अहिले दोस्रो पटक थपेका हुन् । उनले गत जनवरीमा सङ्कटकालको घोषणा गरेका थिए ।

कारोना भाइरसबाट सङ्क्रमित भएकाहरुको दैनिक सङ्ख्यामा कमी नआएकाले उच्च सतर्कता अपनाउन हेलचक्रयाइ नगर्न पनि उनले सबैलाई आह्वान गरेका छन् । स्वास्थ्य विज्ञ तथा स्थानीय सरकारी अधिकारीहरुले पनि महामारी अझ बढी फैलिने खतरा रहेकाले सङ्कटकाल लम्ब्याउनुपर्नेमा जोड दिँदै आएका थिए ।

सङ्कटकाल लागु गरिए पनि केही कुराहरूमा भने लचकता अपनाइएको जापानका सरकारी अधिकारीहरुले जनाएका छन् ।

बार तथा रेस्टुरेन्टहरु केही समय खोल्न पाइने, तर आधारभूत सतर्कता भने अपनाउने पर्ने सर्त राखिएको छ । भेला हुने तथा भिडभाड हुने गतिविधि गर्न भने पूर्ण रूपमा प्रतिवन्ध लगाइएको छ ।

जापानको राजधानी टोकियोमा मात्रै शुक्रबार पनि थप ३०१ जना सङ्क्रमित भएका छन् । योसँगै टोकियोमा मात्रै कुल सङ्क्रमितको सङ्ख्या एक लाख १२ हजार ९२५ पुगेको अधिकारीहरूले जनाएका छन् ।

पछिल्लो २४ घण्टामा देशभरी एक हजार १४८ जना नयाँ सङ्क्रमित थपिएका छन् भने कुल सङ्क्रमितको सङ्ख्या चार लाख ३७ हजार ८६१ पुगेको छ ।

कोरोनाभाइरसका कारण जापानमा अहिलेसम्म आठ हजार २११ जनाको मृत्यु भएको छ । ती मध्ये ५५ जनाको पछिल्लो एक दिनमा मृत्यु भएको हो ।

Second2
Heavenly1
Bagini4
Kuhiro3

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय

सम्बन्धित समाचार

सबै
हिपत खबर
भर्खरै
उपत्यकामा थपिए ३९२७ जना कोरोना संक्रमित

काठमाडौँ उपत्‍यकामा पछिल्लो २४ घण्टामा ३९२७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा २७८८ जना, भक्तपुरमा ५३७ जना र ललितपुरमा ६०२ जना कोरोना संक्रमित भेटिएका हुन् ।

पछिल्लो २४ घण्टामा

  • ३७ seconds अघि
हिपत खबर
भर्खरै
COVID-19 को यस्तो त्रासद समयमा गरिएको घिनौलो राजनीतिक मंचनले सयौ नागरिकको हत्या निश्चितः उद्धब खत्री(बद्री)

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता तथा नेपाल तरुणदल काठमाडौं जिल्ला सदस्य एवं संगठन बिभाग प्रमुख उद्धब खत्री-बद्री ले अहिले भईरहेको सत्ता जोगाउने खेललाई घीनौलो संकेत गर्दै भनेका छन ‘ नेपाली राजनीतिको यो घिनौलो मंचनले नेपाली

  • १३ मिनेट अघि
हिपत खबर
भर्खरै
थप ९४८३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि

पछिल्लो २४ घण्टामा देशभर थप ९४८३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । यस्तै २२५ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार जनाएको छ ।  यससँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको कुल संख्या ४ हजार ८४ पुगेको

  • ५५ मिनेट अघि
हिपत खबर
भर्खरै
पछिल्लो २४ घण्टामा कोरोनाभाइरसबाट २२५ जनाले ज्यान गुमाए

पछिल्लो २४ घण्टामा कोरोनाभाइरसबाट २२५ जनाले ज्यान गुमाएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार सार्वजनिक गरेको तथ्यांकमा २२५ जनाको मृत्यु भएको उल्लेख गरिएयस्तै पछिल्लो २४ घण्टामा देशभर थप ९४८३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ

  • ५८ मिनेट अघि
हिपत खबर
भर्खरै
घट्न थाले भारतमा कोभिड संक्रमित

२४ घण्टामा तीन लाख ३० हजार नयाँ संक्रमित

भारतमा कोरोना भाइरसबाट संक्रमित हुने व्यक्तिको संख्यामा केही कमी हुन थालेको छ । कोभिड-१९ बाट प्रभावित धेरै राज्य र शहरमा निषेधाज्ञा, लकडाउन र प्रतिबन्धहरु घोषणा गरिएसँगै

  • ३ घन्टा अघि
हिपत खबर
भर्खरै
काठमाडौंँमा उपलब्ध ठूला भवनलाई आइसोलेशन केन्द्रका रुपमा सञ्चालन गरिने

उपप्रधानमन्त्री ईश्वर पोखरेलले काठमाडौंँमा उपलब्ध ठूला भवनलाई आइसोलेशन केन्द्रका रुपमा सञ्चालन गरी कोरोना संक्रमितको उपचार प्रभावकारी बनाइने बताएका छन् । स्थानीय वसुन्धरामा सञ्चालन हुन लागेको ‘राधा स्वामी कोभिड आइसोलेशन तथा अक्सिजन थेरापी सेन्टर’को आज निरीक्षण गर्दै

  • ३ घन्टा अघि
हिपत खबर
भर्खरै
पूर्वराजा ज्ञानेन्द्र शाह कोरोना संक्रमणमुक्त

पूर्वराजा ज्ञानेन्द्र शाह कोरोना संक्रमणमुक्त भएका छन् । राजधानीको थापाथलीस्थित नर्भिक इन्टरनेशल हस्पिटलमा उपचाररत उनी कोरोना संक्रमणमुक्त भएका हुन् ।
२ दिनअघि पुनः स्वाब परीक्षण गरिएको र त्यसको रिपोर्ट नेगेटिभ आएको अस्पतालले मंगलबार जारी गरेको

  • ४ घन्टा अघि
हिपत खबर
भर्खरै
उपत्यकामा जेठ १३ गतेसम्म निषेधाज्ञा

काठमाडौं उपत्यकामा निषेधाज्ञा १५ दिन थप भएको छ । काठमाडौं उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले निषेधाज्ञा जेठ १३ गतेसम्म थप गर्ने निर्णय गरेको हो ।

त्यस्तै प्रजिअहरुको बैठकले राष्ट्रिय प्राथमिकताप्राप्त विकास आयोजनाबाहेकका सबै निर्माण कार्य

  • ५ घन्टा अघि
हिपत खबर
भर्खरै
कालिमाटी फलफूल तथा तरकारी बजार बन्द

कालिमाटी फलफूल तथा तरकारी बजार बन्द हुने भएको छ। मंगलबार समितिले निकालेको सूचना अनुसार जिल्ला प्रशासन कार्यालय काठमाडौंले तोकेको निषेधाज्ञा अवधिभरि बजार बन्द गरिने भएको छ।

कोभिड-१९ को जोखिम न्यूनिकरणका लागि कालिमाटी बजार विकास समितिले खुद्रा

  • ५ घन्टा अघि
हिपत खबर
भर्खरै
राजनीतिक छलफलका लागि कांग्रेस पदाधिकारी बैठक बस्दै

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले समसामयिक राजनीतिक विषयमा छलफल गर्न पार्टीका पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बोलाएको छ ।

पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा आज अपराह्न ३ बजे बस्ने बैठकमा पछिल्लो राजनीतिक घट्नाक्रमबारे छलफल हुने पार्टीसभापति देउवाका

  • ६ घन्टा अघि