सोमवार, अशोज १७, २०७९ | Monday 3rd October 2022
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • अनुमतिबिना जथाभावीरुपमा राजमार्ग क्षेत्रमा राखिएका ‘होर्डिङ बोर्ड’ हटाउन शुरु
भर्खरै

अनुमतिबिना जथाभावीरुपमा राजमार्ग क्षेत्रमा राखिएका ‘होर्डिङ बोर्ड’ हटाउन शुरु

  • सिधा दृष्टी शुक्रबार, फाल्गुन २१, २०७७ | March 5, 2021

काठमाडौं । चन्द्रागिरि नगरपालिकाले नगरपालिकाको अनुमतिबिना जथाभावीरुपमा राजमार्ग क्षेत्रमा राखिएका ‘होर्डिङ बोर्ड’ हटाउन शुरु गरेको छ ।

नगरपालिकाले कलङ्की–नागढुङ्गा–पिपलामोड सडकमा जथाभावी रुपमा राखिएका बिजुली, टेलिफोन, केबल, इन्टरनेटका तार, विज्ञापन ब्यानर, पम्प्लेट नगरपालिकाको सौन्दर्यता बिग्रँदै गएको र सडक क्षेत्र कुरुप बन्दै गएको भन्दै हटाउन लागेको हो । सो नगरपालिका काठमाडौँ प्रवेशद्वारको मुख्य नाकासमेत भएकाले यस क्षेत्रमा धेरै विज्ञापन ब्यानर र पम्प्लेट राखिएका छन् । चन्द्रागिरिमा काठमाडौँ भित्रिने पृथ्वी राजमार्गको ११ किलोमिटर सडक पर्दछ ।

नगरपालिकाका प्रमुख घनश्याम गिरीले सुन्दर चन्द्रागिरि निर्माणका

लागि राजमार्ग क्षेत्रमा जथाभावीरुपमा राखिएका विज्ञापन ब्यानर, पम्प्लेट र अव्यवस्थित राखिएका बिजुली, टेलिफोन, केबल, इन्टरनेटका तार हटाउन लागेको जानकारी दिनुभयो । “नगरपालिकाको अनुमति बेगर अव्यवस्थितरुपमा राखिएका ब्यानर नहटाए नगरपालिकाले हटाउँछ र हटाउन लाग्ने खर्च सम्बन्धित कार्यालयबाट असुल उपर गरिनेछ”, नगरप्रमुख गिरीले भन्नुभयो ।

नगरपालिकाले नयाँ सेवा प्रदायक कम्पनी वा संस्थालाई नगरपालिकाको स्वीकृत लिएर मात्र सेवा प्रदान गर्न आग्रह गरेको छ । नगरपालिकाले यसअघि उक्त राजमार्ग क्षेत्रमा रु एक करोडको लागतमा ६७ अत्याधुनिक सिसी क्यामरा जडान गरिसकेको छ । यस्तै आगामी महिनामा सो राजमार्ग क्षेत्रमा ५०० बत्ती जडान गर्ने कार्यक्रम रहेको नगरप्रमुख गिरीले बताउनुभयो ।

सो नगरपालिका वाग्मती प्रदेशको सबैभन्दा ठूलो नगरपालिका हो । उक्त नगरपालिकामा १५ वडा रहेका छन् । पन्ध्र वडामध्ये कलङ्की–नागढुङ्गा–पिपलामोड क्षेत्रमा ११ वडा पर्दछन् ।

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय